US Khabar

को हुन् मिस्टर आरजे

- Admin | ३ वर्ष पहिले प्रकाशित

को हुन् मिस्टर आरजे

कञ्चनपुरको दोधारा चाँदनीमा जन्मेका राजेन्द्र भट्ट रेडियोकर्मी हुँदै नेपाली संगीतमा प्रवेश गरेपछि उनका दुईवटा नाम सफल बने । गीतकारका तथा संगीतकार राजेन्द्र भट्ट र र्यापर तथा गायक मिस्टर आरजे । यि दुई नाम मध्य MR RJ नाम उनको परिचयसंग जोडिएको स्थापित नाम हो ।

लामो समय सुदुर र मध्यपश्चिमको मौलिक भाषा केवल देउडा गीतमै मात्र सिमित रहेको ईतिहासलाई मिस्टर आरजेको संगीत प्रवेशले यो भाषालाई चर्चाको मुलधारमा ल्याईदियो । उनले देउडा संस्कृतीको मौलिक भाषालाई संगीतमा यसरी जोडिदिए कि यसको मिठासलाई स्रोताले मात्र होईन संगीत क्षेत्रले नै महशुष गर्यो । बिषेशत भारतिय संगीत बजारले आफ्ना बिभिन्न मातृभाषालाई संगीतमा प्रयोग गरेको भएपनि नेपालले आफ्नो मौलिकतालाई सहि रुपमा प्रयोग गर्न सकेको थिएन । मिस्टर आरजे ति संगीतकर्मी हुन् जसले मौलिकताको प्रयोग संगीतमा गरेर युवापुस्तालाई आफ्नो पनको महशुष गराएका छन् ।

लाखौंको संख्यामा रहेका उनका प्रशंसकमध्य धेरैले उनलाई र्यापरका रुपमा चिन्छन् भने उनको शब्द र संगीतको तारिफको भिड पनि अत्याधिक छ । ‘यति यति पानी’, ‘पिचरोड’, ‘वई भुन्टी’, ‘कम्मरको ट्याटु’, ‘नौंटंकी माया’, ‘सुनका बाला’ लगायतका दर्जनौं हिट गीतका र्यापर गीतकार तथा संगीतकार मिस्टर आरजे भिडियो निर्देशन र अभिनयमा पनि रुचाईएका कलाकर्मी हुन् । सुरुवाती दिनमा आधुनिक गीत गरेका मिस्टर आरजेले लोक दोहोरी देखी तिज गीत सम्ममा काम गरेका छन् ।

झट्ट हेर्दा र सुन्दा र्यापर भनेको नयाँ पुस्ता लक्षित संगीतकर्मी जस्तो लागेपनि र्याप भित्र प्रयोग हुने शब्दभित्र वास्तविकताको गहिरो चित्रण हुने गर्दछ । मिस्टर आरजे स्वयं यसका उदाहरण हुन् उनि शब्दलाई संगीतको पहिलो स्थानमा राखेर हेर्दछन् ।

संगीतमा लागेकाहरु मध्य प्राय सबैले सानैबाट आफुले गीत गाउने गरेको बताउँछन् । तर मिस्टर आरजे ति संगीतकर्मी हुन् जसले स्कुले जीवनका कुनै सांगीतिक र सांस्कृतिक कार्यक्रममा सहभागी भएनन् । नजिकका साथीभाईले मात्र उनले राम्रो गाउँछन् भन्ने थाहा थियो । अन्तरमुखी जस्तो लाग्ने उनको स्वभावले उनको संगीतमोहलाई उनिभित्रै बिकासित गर्दै गएको हो । जुन आज प्रस्फुटन मात्र नभई स्थापित भै सकेको छ । रेडियो जक्कीका रुपमा रहँदा जुरेको आरजे नाममा मिस्टर शब्द जोडेर संगीत यात्रामा लाग्दाखेरी नै उनले मौलिक भाषाको प्रवद्धनमा संगीतको महत्वपूर्ण भुमिका हुन्छ भन्ने सोचेका थिए ।

चर्चाका लागि मात्र भन्दा पनि आफ्नो – आफ्नो क्षेत्रको कला संस्कृती र भाषालाई सांगीतिक क्षेत्रबाट प्रवद्धन गर्न सकियो भने ति भाषाहरुको महत्व नयाँ पुस्तालाई हस्तान्तरण गर्न सकिन्छ भन्ने सोचका साथ अघि बढिरहेका मिस्टर आरजेका सबैखाले गीतहरु दर्शक स्रोताको रोजाईमा परेकाले पनि उनि पछिल्लो समयका ब्यस्त संगीतकर्मीका रुपमा रहेका छन् ।

प्रतिक्रिया

" data-width="100%" data-numposts="5">