प्रवासी नेपाली एकता मंच अमेरिकाले स्थाई रुपमा नेपाल फर्कन लाग्नु भएका आफ्नो संस्थाका नेता तथा सकृय सामाजिक अभियन्ता सिकागो निबासि टेकराज पौडेललाई महामारीको कारणले भर्चुअल बिदाइ कार्यक्रम सम्पन्न गरेको छ ।
प्रवासी नेपाली एकता मंच अमेरिकाका अध्यक्ष टेक गुरुङको अध्यक्षता र महासचिब शंकर पन्तको सन्चालनमा सम्पन्न उक्त कार्यक्रममा बरिश्ट नेता भिम कार्की, बरिश्ट उपाध्यक्ष यम लामा उपाध्यक्ष सीता खरेल लगायत थुप्रै केन्द्रीय नेताहरुको समेत उपस्थिति रहेको थियो भने अन्य संघ संस्थाका नेत्रित्वदायी भूमिकामा रहनु भएका ब्यक्तित्वहरुको समेत प्रतिनिधि मुलक रुपमा आतिथ्य पूर्ण उपस्थिति रहेको थियो । उपस्थित हुनुहुने हरुमा व्रान्डफोर्ड नगर कनिक्टिकट नगरपरिसद सदस्य रामचन्द्र श्रेष्ठ,एन आर एन अन्तरास्ट्रीय समन्वय समिती सदस्य पुरुसोत्तम बोहोरा, एन आर एन अमेरिकाका उपाध्यक्ष बि. आर. लामा, जनसंपर्क समिती अमेरिकाका अध्यक्ष आनन्द बिष्ट, तमाङ सोसाइटी अफ नर्थ अमेरिकाका अध्यक्ष लक्यान लामा आदिबासी जनजाती महासंघका उपाध्यक्ष गोमा योन्जन, अन्तरास्ट्रीय मानव अधिकार तथा सामाजिक न्याय (ICDR) का अध्यक्ष डि. बि. सागर बि क, प्रवासी नेपाली एकता समाज ,अमेरीका अध्यक्ष राजेन्द्र शेरचन र प्रृथिवीनारायण शाह स्मृति प्रतिस्ठान टेक्सासका अध्यक्ष तथा अन्तरास्ट्रीय हिन्दू महासंघ परिषद सदस्य देबी पाण्डे र अनेरास्ववियु नेपालको पुर्व उपाध्यक्ष थोमस वास्तोला लगायत अन्य थुप्रै विंशिस्ट सांथीहरुकउपस्थिति थियो ।
उपस्थित सम्पूर्ण सहभागी हरुले छोटो बिदाइ मन्तब्य ब्यक्त गर्नु हुँदै स्थाई रुपमा नेपाल फर्कन लाग्नु भएका प्रिय मित्र टेकराज पौडेल जी को सामाजिक सक्रियताको प्रशम्सा गरेका थिए ! साथै बिशम परिस्थितिमा गरिएको यो एतिहासिक निर्णयको अरुले पनि मातृभूमीको लागि अनुसरण गर्नु पर्ने बताउदै उहाको नेपाल फ्रिती अर्थपूर्ण र सुखमय होस भन्ने कामना ब्य्क्त गरेका थिए ।
सबै बिदाइ तथा शुभकामना मन्तब्य पस्चात बिदाइ हुँदै रहनु भएका टेकराज पौडेलले आफ्नो धन्यवाद मन्तब्य दिनुहुँदै प्रवासी नेपाली एकता मंच प्रती हार्दिक आभार समेत ब्यक्त गर्नु भएको थियो । साथै उहाँले बाँकी जिबन मातृभूमी प्रती खर्चन नेपाल जान लागेको तर आफ्नो कुनै महत्वाकंक्षा नरहेको समेत उल्लेख गर्नु भएको थियो । टेकराज आजै क़तार एयरओजबाट नेपाल जादै हुनुहुन्छ।
प्रतिक्रिया