US Khabar

सिड्नीमा उदाएका एक नेपाली फोटोग्राफर जसका क्यामेरामा कैद छन् चर्चित सेलिब्रेटी…

- Admin | ३ वर्ष पहिले प्रकाशित

सिड्नीमा उदाएका एक नेपाली फोटोग्राफर जसका क्यामेरामा कैद छन् चर्चित सेलिब्रेटी…

मानिसको कर्मले उसको ब्यक्तीत्वलाई परिभाषित गर्दछ । संसारको जुन सुकै भूगोलमा उ उभिएको होस् उसले गर्ने कर्मले निर्धारण गर्दछ उसको परिचय । यस्तै एउटा परिचित नाम हो फोटोग्राफर अरूण आर्यन चौधरी । आफ्नो बाल्यकाल दाङमा बिताएका फोटोग्राफर अरुण आर्यन त्यो नाम हो जो पेसाले ईन्जिनियर भएपनि नेपाली कला क्षेत्रमा उनि अब्बल फोटोग्रफरका रुपमा नेपाली समुदायबिच परिचित छन् ।

सप्तरी माध्यमिक बिद्यालयबाट औपचारिक अध्ययन सुरु गरेका अरूण आर्यनले पोखरामा थप अध्ययन गरे भने कान्तिपुर इन्जिनियर कलेजको अध्ययन पुरा गरेर सिभिल इन्जिनियरका रुपमा आफ्नो पेसागत यात्रा सुरु गरे । तर उनको न्जिनियरिङ पेशामात्र उनको पेशागत क्षेत्र बनेन, उनि भित्रको कलामोहले कलात्मक दृश्यहरु उनका क्यामेरामा कैद हुँदै गए । यो यात्रा सन् २०१२ बाट सुरु भएको थियो । सो समय अरूण आर्यनले बिना तालिम लेन्डइस्केपबाट फोटोग्राफी यात्रा तय गरेका थिए ।

सानैबाट जिज्ञाशु र लगनशिल स्वभावका अरूण आर्यनको पोट्रेट फोटोग्राफीको अनुभब अष्ट्रेलियामा साट्दाका अनुभव सम्झदा उनि स्वयंलाई लाग्छ मान्छेका ईच्छालाई उ भित्रको पूर्ण आत्मविश्वासले पूर्णता र साकाररुप दिने रहेछ । सिड्नीमा भएको पहिलो इभेन्टमा उनि फोटोग्राफरका रुपमा उपस्थित भए जुन ईभेन्टका अतिथी महानायक राजेश हमाल थिए । यसरी सुरु भएको उनको फोटोग्राफी यात्रालाई त्यसपछिका समय ख्यातिप्राप्त कला तथा संगीतकर्मीको तस्विर कैदको श्रृंखलाले प्रसिद्धी थप्दै गयो । सिड्नीको त्यो कार्यक्रमलाई स्मरण गर्दा उक्त कार्यक्रम नेपाली टचको आयोजनामा सम्पन्न भएको थियो । अरुण आर्यन यतिबेला सोही टिमको अफिसियल फोटोग्राफरका रुपमा कार्यरत छन् । यो अवधीमा उनले अष्ट्रेलियामा आयोजीत नेपथ्य, १९७४ एडी, कुटुम्ब, द एक्स ब्याण्ड, नेपाल आईडल, मन्त्र ब्याण्ड, मुक्ती एण्ड रिभाईभल लगायतका चर्चित नेपाली ब्याण्ड तथा, संचारकर्मी तथा निर्देशक भुषण दाहाल, रवि लामिछाने, सुशिल नेपाल, गायक गायक राजेश पायल राई, कर्ण दास, सुगम पोखरेल, अन्जु पन्त, राज के गोस्वामी, नविन के भट्टराई, प्रिती आले, र्यापर लाहुरे कमल खत्री, समिर आचार्य कलाकार संदिप क्षेत्री लगायतका दर्जनौं कलाकर्मीका कार्यक्रममा ब्यवसायिक फोटोग्राफरका रुपमा तस्विर आफ्नो क्यामरामा कैद गरिसकेका छन् ।

पेशाले इन्जिनियर चौधरी थारु सोसाईटि सिड्नी अस्ट्रेलियामा पब्लिक रिलेसन अफिसर पनि हुनु हुन्छ। आफ्नो कार्य बेस्तता हुदा हुदै पनि समय मिलाएर सामाजिक कार्यमा सदैब लागि रहने चौधरीले दुई दर्जनभन्दा बढी नेपाली सेलिब्रेटीहरूलाई आफ्नो क्यामरामा कुशलतापूर्वक उतार्न सफल भइसक्नु भएको छ।

थारु सोसाईटि सिड्नी अस्ट्रेलियामा पब्लिक रिलेसन अफिसर समेत रहेका अरुण आर्यन हाल अस्ट्रेलियाको सिड्नीमा श्रीमती र छोराको साथ रहँदै आएका छन् । उनको फोटोग्राफि यात्रामा उनको परिवारको पूर्ण साथ रहेकाले पनि उनि बिदाका दिनमा समेत यस कर्ममा ब्यस्त देखिन्छन् । नेपाली तथा अन्य समुदायमा हुने पारिवारिक तथा अन्य समारोहमा पनि उनको माग रहँदै आएको पाईन्छ भने उनि उपस्थित स्थानमा उनको क्यामेरामा कैद हुन चाहनेहरुको पनि बाक्लै संख्या देखिन्छ ।

प्रवासी जीवन, अध्ययन क्षेत्र भिन्न र पारिवारिक जिम्मेवारीका बाबजुत पनि फोटोग्राफी सफर र हासिल गन्तब्य र सफलताले अरुण आर्यन चौधरी यतिबेला एक उदाहरणका रुपमा देखिएका छन् । जसको सफलताले अन्य नेपालीमा पनि आफुले ईच्छा गरेको क्षेत्रमा अघि बढ्न प्रेरणा प्रदान गर्दछ ।

प्रतिक्रिया

" data-width="100%" data-numposts="5">