गायक रामचन्द्र काफ्ले र गायिका जुनु रिजाल काफ्लेको तिहारसँग सम्बन्धित गीत सार्वजनिक भएको छ । ‘यो तिहारैमा’ बोलको गीतको भिडियो सार्वजनिक गरिएको हो ।
रामचन्द्र काफ्लेको संगीत र सरोज लामाको संगीत संयोजन रहेको गीतमा राजकुमार बगरको शब्द छ ।
भिडियोलाई विधान कार्कीले निर्देशन गरेका छन् । सुधिर श्रेष्ठ, चक्र बम, गरिमा शर्मा, बसन्त अधिकारी, अस्मिता पन्त, रुबिना अधिकारी, पल्पसा डंगोलले भिडियोमा अभिनय गरेका छन् ।
सुरेन्द्र बसेलको कोरियोग्राफी रहेको भिडियोमा उत्सव दाहालको छायांकन, विकास दाहालको सम्पादन, माधव शर्माको सहायक निर्देशन छ । भिडियोका कार्यकारी निर्माता रायन रेज हुन् ।
भिडियो रामचन्द्र काफ्लेको युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो ।
प्रतिक्रिया