US Khabar

गायक कस्तुप पन्त र कमला पोखरेलको तिहार बिशेस “देउसी भैलो” गीत सार्बजनिक

- Admin | ३ वर्ष पहिले प्रकाशित

गायक कस्तुप पन्त र कमला पोखरेलको  तिहार बिशेस “देउसी भैलो” गीत  सार्बजनिक

कात्तिक १२ ,

गायक तथा सर्जक कस्तुप पन्तको तिहार गित सार्वजानिक भएको छ । वडा दशैको तेस्रो दिनको अवसरमा ‘देउसी भैलो’ नामक गित सार्वजानिक भएको हो ।

पन्तले यस अघि दशैको थुप्रै गित बजारमा ल्याएपनि यसपालीे दशैसम्बन्धी कुनै गित सार्वजानिक गरेनन् । उनले दशै अगाडी राजम्जी खाँड र अन्जु पन्तको स्वरमा जिन्दागी पानीको फोका बोलको गित सार्वजानिक गरेका थिए । यस गितको सफलता सँगै उनले देउसी भैलो गित सार्वजानिक गरेका हुन् । पन्तको आफ्नै युटुवच्यानेल मार्फत सार्वजानिक भएको गितमा शव्द, संगित र स्वर पन्तकै रहेको छ भने उनलाई कमला पोख्रेलले साथ दिएकी छन् । पोख्रेल अहिलेकी उदयमान गायिका हुन् ।
गितको म्युजिक भिडियो पनि सार्वजानिक भएको छ । कलात्मक रुपमा प्रस्तुत गरेको देउसी भैलोको निर्देशन कपिल लामाले गरेका हुन् । म्युजिक भिडियोमा रुबिना अधिकारी, कबिता न्यौपाने र निना बुढाथोकीको अभिनय रहेको छ । भिडियोको छाँयाकन दिपक गिरी र सम्पादन शिव पौडेलले गरेका हुन् । गित सारथी म्युजिक प्रालि मार्फत बजारमा आएको हो ।

परम्परागत संस्कृतिको जगर्ने गर्ने उद्देश्य सहित गितमा बजारमा ल्याएको पन्तको भनाई छ । उनले भने,‘गितमा सामाजिक, साँस्कृतिक चेतना बृद्धि गर्न खोजिकएको छ । तिहार एउटा साँस्कृतिक चाड भएकाले यसको प्रर्बद्धन गर्नु पर्छ भन्ने मुलभाव बोकेर गित बजारमा ल्याएको हुँ ।,’ पन्तले गित हेरेर सुझाव सल्लाह दिन भनेका छन् ।

गित हेर्न यहाँ क्लिक गर्नुहोस् ।

 

समाचार : गण्डकी संचार

प्रतिक्रिया

" data-width="100%" data-numposts="5">