US Khabar

दरबारका पूर्व प्रमुखसचिव तथा मदन पुरस्कार बिजेता लेखक रेवतीरमण खनालको निधन

- Admin | ३ वर्ष पहिले प्रकाशित

दरबारका पूर्व प्रमुखसचिव तथा मदन पुरस्कार बिजेता लेखक रेवतीरमण खनालको निधन

तत्कालीन राजप्रसाद सेवाका पूर्व प्रमुखसचिव रेवतीरमण खनालको ८८ वर्षको उमेरमा निधन भएको छ। कानून क्षेत्रका ज्ञाता एवं साहित्यकार खनालको मङ्गलबार साँझ काठमाडौँ महानगरपालिका–१३ कालीमाटीस्थित निवासमा निधन भएको खनालका आफन्त सुरज खनालले जानकारी दिए।

मधुमेह र दमको बिरामी खनाल घरमै उपचाररत थिए। मदन पुरस्कारसमेत प्राप्त दिवंगत खनालले ‘मुलुकी ऐन केही विवेचना’, ‘कर सम्बन्धी कानून’, ‘नेपालको कानूनी इतिहासको रुपरेखा’, ‘रिट निवेदन सिद्धान्त र विवेचना’, ‘विश्वका प्रमुख कानून प्रणाली’, ‘नेपालको कानूनी मस्यौदा’, तथा ‘समालोचना र फैसला’ लगायत पाठ्यपुस्तक ल‍ेखेका छन्।

तनहुँमा जन्मनुभएका खनालले ३५ वर्ष राजप्रसाद सेवामा काम गरेका थिए। उनका श्रीमती, दुई छोरा र एक छोरी छन्।

काठमाडौंमा निधन भएका खनालको विदेशमा रहेका छोरा नेपाल आएपछि उनकै पूर्वइच्छाअनुसार तनहुँको देवघाटमा अन्त्येष्टि गरिनेछ। (रासस)

प्रतिक्रिया

" data-width="100%" data-numposts="5">