US Khabar

दशैं टिका अमेरिकामा १ दिन पहिले अर्थात अक्टोबर २५ मा: कुन राज्य र देशमा कति बजे साईत ?

- Admin | ३ वर्ष पहिले प्रकाशित

दशैं टिका अमेरिकामा १ दिन पहिले अर्थात अक्टोबर २५ मा:  कुन राज्य र देशमा कति बजे साईत ?

अमेरिकामा यस बर्षको दशैंको टिका नेपालमा भन्दा १ दिने पहिले नै हुने भएको छ । अन्तर्राष्ट्रिय पन्चांग निर्णय समितिले जारी गरेको विज्ञप्तीमा उल्लेख भए अनुसार यस अमेरिकामा कार्तिक ९ गते अर्थात अक्टोबर २५ तारिकका दिन दशैं टिका हुने भएको हो ।

नेपालमा कार्तिक १० गते अर्थात अक्टोबर २६ तारिकका दिन बिहान १० बजेर १९ मिनेटमा टिकाको साईत रहेको छ भने अमेरिकामा २५ तारिकका दिन बिभिन्न राज्यमा केही समयको अन्तर देखिएको छ । जस मध्य स्थानिय समय अनुसार टेक्सासमा बिहान ११ बजेर ५७ मिनेटमा , न्युर्योकमा बिहान ११ बजेर ५ मिनेटमा, क्यालिफोर्नियामा बिहान ११ बजेर ४५ मिनेटमा , केन्टुकीमा बिहान ११ बजेर ७ मिनेटमा टिकाको साईत रहेको छ ।

त्यस्तै अन्तर्राष्ट्रिय पन्चांग निर्णय समितिका अनुसार नेपाल बाहिरका बिभिन्न देशमा पनि टिकाको साईत फरक फरक रहेको छ । जसमध्य क्यानडा, बेलायत, फ्रान्स र पोर्चुगलमा पनि अमेरिकामा जस्तै अर्थात अक्टोबर २५ तारिककै दिन टिका ग्रहण गरिने भएको छ । जसमा टिका साईतको समय पनि भिन्न भिन्न रहेको छ भने अन्य देशमा नेपालकै अनुसार कार्तिक १० अर्थात अक्टोबर २६ का दिन टिका ग्रहण गरिने भएको छ तर ति देशहरुको पनि टिका साईतको समय भने भिन्न भिन्न रहेको छ ।

 

प्रतिक्रिया

" data-width="100%" data-numposts="5">