US Khabar

नेपालमा आज ५७४३ जना सँक्रमित, कोरोनाबाट थप २८ को निधन

- Admin | ३ वर्ष पहिले प्रकाशित

नेपालमा आज ५७४३ जना सँक्रमित, कोरोनाबाट थप २८ को निधन

युएस खबर
काठमाडौं, ५ कात्तिक

नेपालमा फेरी कोरेना (कोभिड १९) भाईरसको सँक्रमण ह्वात्तै बढेको छ । आज बुधबार मात्र नेपालमा ५ हजार ७४३ जनामा कोरोना भाईरस सँक्रमण देखिएको छ । कोरोनाबाट पछिल्लो २४ घन्टामा नेपालमा थप २८ जनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घन्टामा देशभरका प्रयोगशालामा २० हजार ११८ जनाको पिसिआर परीक्षण गर्दा ५ हजार ७४३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

यस्तै पछिल्लो २४ घन्टामा काठमाडौँ उपत्यकामा ३ हजार १०७ जनामा संक्रमण देखिएको छ । यो अहिलेसम्मकै काठमाडौंको उच्च सँख्या हो । जसमध्य काठमाडौंमा २ हजार ३९१ जना, भक्तपुरमा १७३ जना र ललितपुरमा ५४३ जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।

यो सँगै नेपालमा हालसम्म कुल संक्रमित १ लाख ४४ हजार ८७२ पुगेको पनि डा. गौतमले बताए । उनका अनुसार यतीबेला ४४ हजार ४७६ जना विभिन्न आइईसोलेसन सेन्टरमा उपचारको अबस्थामा छन् । देशभरका क्वारेन्टिनमा ४ हजार ६५ जना रहेको पनि डा. गौतमले बताए ।
यस्तै डा. गौतमका अनुसार आज २ हजार ९९६ जना कोरोना भाईरस मुक्त भएका छन् । यो सँगै हालसम्म ९९ हजार ६०५ जना कोरोना मुक्त भएको पनि डा. गौतमले बताए ।

यसैगरी नेपालमा पछिल्लो् २४ घन्टामा कोरोना भाइरसको सँक्रमणबाट थप २६ जनाको निधन भएको छ । यो सँगै नेपालमा कोरोनाबाट निधन हुनेको सँख्या ७९१ जना पुगेको छ ।

प्रतिक्रिया

" data-width="100%" data-numposts="5">