US Khabar

नेपालमा आज ३०९३ जनामा सँक्रमण, थप ८ को कोरोनाबाट निधन

- Admin | ३ वर्ष पहिले प्रकाशित

नेपालमा आज ३०९३ जनामा सँक्रमण, थप ८ को कोरोनाबाट निधन

युएस खबर
काठमाडौं, ४ कात्तिक

नेपालमा आज मँगलबार ३ हजार ९३ जनामा कोरोना (कोभिड १९) भाईरस सँक्रमण पुष्टी भएको स्वास्थ्य तथा जनसँख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नियमित पत्रकार भेटघाटमा जनाएका छन् ।

उनले मँगलबार दिएको जानकारी अनुसार १३ हजार ८६१ जनाको कोरोना परिक्षण गर्दा ३ हजार ९३ जनामा कोरोना सँक्रमण पुष्टी भएको हो । यो सँगै नेपालमा हालसम्म १ लाख ३९ हजार १२९ जनामा कोरोना सँक्रमण भईसकेको छ ।

यस्तै आज काठमाडौं उपत्यकामा १ हजार ७०२ जनामा कोरोना सँक्रमण पुष्टी भएको पनि डा. गौतमले बताएका छन् । जसमा काठमाडौंमा १ हजार ४३१ जना, भक्तपुरमा १२३, र ललितपुरमा १४८ जना रहेको छन् ।

यस्तै यतीबेला नेपालका विभिन्न आईसोलेसनमा ४१ हजार ७५५ जना कोरोना सँक्रमणको उपचारमा रहेका छन् । यस्तै विभिन्न क्वारेन्टाईनमा ४ हजार २२० जना रहेका छन् ।

यसैगरी नेपालमा पछिल्लो २४ घन्टामा २ हजार १०८ कोरोना सँक्रमणबाट मुक्त भएका छन् । यो सँगै हालसम्म ९६ हजार ६०९ जना कोरोना सँक्रमणबाट मुक्त भएको पनि डा. गौतमले बताए ।

पछिल्लो २४ घन्टामा नेपालमा कोरोना सँक्रमणबाट ८ जनाको मृत्यु भएको छ । यो सँगै हालसम्म नेपालमा कोरोना सँक्रमणबाट मृत्यु हुनेको सँख्या ७६५ जना पुगेको पनि डा. गौतमले बताएका छन् ।

प्रतिक्रिया

" data-width="100%" data-numposts="5">