US Khabar

परदेशी छोराको भुमिकामा जिबी चिरन: दशैं गीत ‘आउँछु भन्थें’ सार्वजनिक (भिडियो)

- Admin | ३ वर्ष पहिले प्रकाशित

परदेशी छोराको भुमिकामा जिबी चिरन: दशैं गीत ‘आउँछु भन्थें’ सार्वजनिक (भिडियो)

कलाकार जिबी चिरनको नयाँ गीत सार्वजनिक भएको छ । बिष्णु गैरेको शब्द तथा हरी लम्सालको संगीत र स्वरमा रहेको दशैं विषेश गीत ‘आउँछु भन्थें’ कलाकार जिबी चिरन र रमा थपलियाको अभिनयमा भिडियो सहित सार्वजनिक भएको हो ।

दशैमा घर आउन नपाएको परदेशी युवाको कथा माथी निर्माण भएको यस भिडियोमा बरिष्ठ कलाकार रमा थपलिया आमाको भूमिकामा देखिएकी छन् भने जिबी चिरन उनका छोराका रुपमा प्रस्तुत भएका छन् ।

प्रकाश धितालको निर्देशन रहेको भिडियोलाई बुद्ध थापा र रमेश थापाको टिमले छायांकन गरेका हुन् भने सम्पादन विकाश दाहालको रहेको छ ।

जिवी चिरनको केही साता अघिमात्र दशै आयो बोलको गीत सार्वजनिक भएको छ । मोडल जिबी चिरनको यो बर्ष सार्वजनिक ‘हेर यो मुटुमा चिरा पर्या छ’ बोलको गीत सर्वाधिक लोकप्रिय रहेको छ ।

 

प्रतिक्रिया

" data-width="100%" data-numposts="5">