US Khabar

कोभिड १९ का कारण अमेरिकामा रोजगारी गुमाउनेको संख्या १ करोड ६८ लाख पुग्यो

- Admin | ३ वर्ष पहिले प्रकाशित

कोभिड १९ का कारण अमेरिकामा रोजगारी गुमाउनेको संख्या १ करोड ६८ लाख पुग्यो

विश्वब्यापी महामारी कोरोना भाईरसका कारण अमेरिकामा रोजगारी गुमाउनेको संख्या १ करोड ६८ लाख पुगेको छ । कोरोना भाईरसको चरम जोखिममा रहेको अमेरिकाका उद्योग व्यवसाय बन्द भएपछि १ करोड ६८ लाखको रोजगारी गुम्न पुगेको हो ।

यस अघि नै अमेरिकी केन्द्रीय बैंकले पनि घरायासी र व्यवसायलाई लक्षित गरी २३ खर्ब डलर बराबरको सहुलियत कर्जा उपलब्ध गराउने घोषणा गरिसकेको भएपनि दिनानु दिन संक्रमित र मृतकको संख्या बढ्दै गएको अमेरिकामा रहेका अमेरिकी तथा गैर अमेरिकी नागरिक रोजि रोटीको समेत सकसमा यतिबेदा दिनहरु बिताईरहेका छन् ।

अमेरिकी सरकारले बिहीबार सार्वजनिक गरेको विवरणमा गत साता बेरोजगारी प्रोत्साहन भत्ताका लागि ६६ लाख कामदारले आवेदन दिएको उल्लेख छ ।

यसअघि नै १ करोडभन्दा बढीले दुई साताको अवधिमा रोजगारी गुमाएका थिए । यसको अर्थ प्रत्येक १० जना अमेरिकी कामदारमध्ये १ जनाले रोजगारी गुमाएका छन् ।यो संख्या सन् १९४८ यताकै सबैभन्दा ठूलो हो । (एजेन्सी)

प्रतिक्रिया

" data-width="100%" data-numposts="5">