युएस खबर
काठमाडौं, २५ असोज
हिजो एकै दिन नेपालमा ५ हजार जनामा कोरोना सँक्रमण देखिएकोमा आज आधा भन्दा बढी घटेको छ । आज आईतबार नेपालमा थप २ हजार ७१ जनामा कोरोना सँक्रमण पुष्टि भएको छ । तर कोरोना सँक्रमणबाट आज एकै दिन २४ जनामा नेपालमा निधन भएको छ । यो कोरोना सँक्रमणबाट एक दिनमा अहिले अहिलेसम्मकै सबै भन्दा बढी मृत्यु हो ।
स्वास्थ्य तथा जनसँख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घन्टामा देशभरका विभिन्न ल्याबमा १२ हजार ४२७ जनाको पिसिआर परीक्षण गरिएकोमा २ हजार ७१ जनामा कोरोना सँक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा हालसम्म कोरोना सँक्रमित हुनेको कूल सँख्या १ लाख ७ हजार ७५५ पुगेको पनि डा. गौतमले बताएका छन् ।त्यस्तै काठमाडौँ उपत्यकामा पछिल्लो २४ घन्टामा १ हजार ४१६ जनामा कोरोना पुष्टि भएको छ । जसमा काठमाडौँमा १ हजार १४५, भक्तपुरमा ११० र ललिपुरमा १६१ जना रहेका छन् ।
त्यसैगरी पछिल्लो २४ घण्टामा १ हजार ५५२ जना कोरोनालाई जितेर घर फर्किएको पनि डा. गौतमले जानकारी दिए । यो सँगै घर फर्किनेको सँख्या ७५ हजार ८०४ पुगेको छ । हाल देशभर ३१ हजार ३१५ जना विभिन्न क्वारेन्टाईनमा उपचाररत छन् । हाल ४ हजार ६१३ जना क्वारेन्टिनमा रहेको पनि डा. गौतमले बताए ।
डा. गौतमका अनुसार कोरोना भाइरसको सङ्क्रमणबाट पछिल्लो २४ घण्टामा थप २२ जनाको मृत्यु भएको छ । जसमा १७ पुरुष र ५ महिला रहेका छन् । योसँगै नेपालमा कोरोना भाइरसको सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या ६३६ पुगेको छ ।
प्रतिक्रिया