तनहुँको शुक्लागण्डकीमा कोरोना संक्रमणको आशंकामा एक किशोरीलाई आइसोलेशनमा राखिएको छ ।
विहिबार शुक्लागण्डकी-९ की १४ बर्षिया किशोरीलाई ज्वरो र श्वासप्रश्वासमा समस्या आएपछि कोरोना संक्रमणको आशंकामा जिपि कोइराला राष्ट्रि श्वासप्रस्वास उपचार केन्द्र झरौटाको आइसोलेशन कक्षमा भर्ना गरिएको स्वास्थ्य शाखा प्रमुख अजय श्रीवास्तवले जानकारी दिए । उनका अनुसार ती युवती विदेशबाट नआएको भए पनि उनकी भिनाजु युएईबाट आएर ससुरालीमा केहि दिन बसेको पाइएको छ ।
“ज्वरो आएर वडाको आधारभुत स्वास्थ्य सेवा केन्द्रमा स्वास्थ्य जाँचका लागि आउनुभएको रहेछ”-प्रमुख श्रीवास्तवले भने-“स्वास्थ्यकर्मीले चेकजाँच गरी दिएको औषधीले सुधार नभएपछि, उनलाई एम्बुलेन्स मार्फत् जिपि कोइरालाको आइसोलेशनमा राखिएको हो ।”
ती युवतीको शुक्रबार स्वाब संकलन गरी परीक्षणको लागि पठाउने तयारी गरिएको उनले बताए । उनको अहिले स्वास्थ्य अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ ।
प्रतिक्रिया