टेक्सास , अमेरिका
गायक रमण रेग्मीको “मेसो पा छैन“ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको छ ।
संगीतकार हरि लम्सालको रचना, संगित र एरेन्ज रहेको उक्त म्युजिक भिडियोको निर्देशन गम्भिर बिष्ट गरेका छन् ।गीतमा गायक रमण रेग्मी र मेलिना राईको सुमधुर स्वर रहेको छ ।
सविना कुवर रेग्मीको निर्माण रहेको उक्त भिडियोमा कलाकारहरु पुष्प खड्का र उषा उप्रेतीले बेजोड मोडलिङ् गरेका छन् ।
डि एम लिगल अस्ट्रेलिया र इन्स्टा एजुकेसन एण्ड भिसा सर्भिसको स्पोन्सर रहेको उक्त म्युजिक भिडियोको सिनेमाटोग्राफि नवराज उप्रेती र उनको टिमले गरेको हो ।
सानै उमेर देखी नै गीत संगीत क्षेत्रमा रमाउदै आएका लोकप्रिय गायक रेग्मी ‘हुन्छ नि बैशमा मुटु साटौ लाग्ने’ ‘घर त लगनखेल‘ गीतले चर्चा पाईसकेको छ ।
प्रतिक्रिया