साउदी अरबका राजा सलमान र युवराज मोहम्मद बिन सलमान दुवै आईसोलेसनमा बसेका छन्। राजपरिवारका १५० सदस्यलाई कोरोना भाइरसको संक्रमण भएको जनाइएको छ । रियादस्थित इलाइट किङ फैजल अस्पतालका चिकित्सकले राज परिवारलाई पाँच सय शैय्या तयार गर्न भनेको बताएका छन्।
८४ वर्षीय सलमान जेदाहस्थित एक टापुमा रहेको दरबारमा बसेका छन् भने युवराज मोहम्मद बिन सलमान ग्रामिण क्षेत्रमा छन्। साउदी राज परिवारमा १५ हजार सदस्य छन्।
रियादका गभर्नर रहेका राजकुमार फैजल बिन बन्दर बिन अब्दुल्लाहजिज अल साउदी कोरोना भाइरसको संक्रमणपछि आईसीयूमा उपचार गराइरहेका छन्।
३ करोड ३० लाख जनसंख्या रहेको साउदी अरबमा कोरोना भाइरसका कारण ४१ जनाको मृत्यु भइसकेको छ ।
प्रतिक्रिया