युएस खबर
काठमाडौँ, २९ भदौ
नेपालमा कोरोनाको सँक्रमणसँगै कोरोनाबाट मृत्यु दर पनि सोही अनुपातमा बढेको छ । आज सोमबार १ हजार १७० जनामा कोरोना भाइरस (कोभिड—१९) सँक्रमण देखिएको छ । यस्तै कोरोना सँक्रमणबाट २४ घन्टामा १५ जनाको निधन भएको छ । सो सँख्या नेपालमा कोरोनाबाट एक दिनमा निधन हुनेहरुको अहिलेसम्मकै उच्च हो ।
स्वास्थ्य तथा जनसँख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा १० हजार ८८७ जनामा गरेको पिसीआर परीक्षणबाट १ हजार १७० जनामा कोरोना सँक्रमण पुष्टी भएको हो । योसंगै नेपालमा कोरोना संक्रमितको संख्या ५५ हजार ३२९ जना गरेको पुगेको पनि डा. गौतमले बताए ।
पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा ५०२ जना कोरोना सँक्रमित भएका छन् । जसमा काठमाडौंमा ४४० जना, ललितपुरमा २९ जना र भक्तपुरमा ४३ जना सँक्रमित भएका छन् ।
यसरी नेपालमा पछिल्लो २४ घन्टामा कोरोना सँक्रमणबाट थप १५ जनाको मृत्यु भएको छ । मृतकहरुमा १० जना पुरुष र ५ जना महिला रहेका छन् । मृतक महिलाहरुमा काठमाडौंको १ जना, गोरखाको १ जना, नवलपरासीको १ जना, पर्साको १ जना, कपिलबस्तुको १ जना रहेका छन् । मृतक पुरुषहरुमा मोरङको २ जना, काठमाडौंका ५ जना, ललितपुरका १ जना, भक्तपुरका १ जना, रामेछापका १ जना रहेका छन् । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको सँख्या ३६० जना पुगेको पनि डा. गौतमले बताए ।
यतीबेला मुलुकभरका आइसोलेशनमा सेन्टरमा १५ हजार ३९३ जना उपचाररत छन् । नेपालका विभिन्न क्वारेन्टिनमा ६ हजार ८९२ जना रहेका पनि डा. गौतमले बताए ।
यसैगरी डा. गौतमका अनुसार पछिल्लो २४ घण्टामा ८७९ जना कोरोना मुक्त भएर डिस्चार्ज भएका छन् । योसँगै नेपालमा हालसम्म ३९हजार ५७६ जना कोरोना सँक्रमण मुक्त भएर अस्पतालबाट घर फर्किसकेका छन् ।
प्रतिक्रिया