US Khabar

आज नेपालमा १४५४ जनामा सँक्रमित, काठमाडौंमा मात्र ६२० जनामा कोरोना

- Admin | ३ वर्ष पहिले प्रकाशित

आज नेपालमा १४५४ जनामा सँक्रमित, काठमाडौंमा मात्र ६२० जनामा कोरोना

युएस खबर
काठमाडौँ, २६ भदौ

नेपालमा पछिल्लो २४ घन्टामा थप १ हजार ४५४ जनामा कोरोना (कोभिड १९) भाईरस सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले शुक्रबार नियमित प्रेस भेटघाटमा दिएको जानकारी अनुसार देशका विभिन्न प्रयोगशालामा विगत २४ घण्टामा १० हजार ७०१ जनाको पिसिआर परीक्षण गर्दा १ हजार ४५४ जनामा कोरोना सँक्रमण पुष्टी भएको हो ।

काठमाडौं उपत्यकामा पछिल्लो २४ घन्टामा ६९६ जनामा कोरोना सँक्रमण पुष्टी भएको छ । जसमा काठमाडौंमा मात्रै ६२० जना संक्रमण देखिएको डा. गौतमले बताए । यस्तै ललितपुरका ३८ जनामा र भक्तपुरका ३८ जनामा संक्रमण पुष्टि भएको पनि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए । योसँगै नेपालमा कोरोना भाइरसबाट सङ्क्रमितको सङ्ख्या ५१ हजार ९१९ पुगेको छ ।

डा. गौतमका अनुसार हाल देशभर १४ हजार ९२५ जना विभिन्न आइसोलेसन सेन्टरमा उपचाररत छन भने क्वारेन्टिनमा ६ हजार ७८ जना रहेको पनि डा. गौतमले बताए ।

यस्तै पछिल्लो २४ घण्टामा कोरोना मुक्त भई ९७२ जना ‘डिस्चार्ज’ भएको पनि डा. गौतमले बताए । उनका अनुसार योसँगै हालसम्म कुल ३६ हजार ६७२ जना निको भएर घर फर्केका छन् ।  त्यसैगरी कोरोना संक्रमणबाट विगत २४ घण्टामा थप ५ जनाको मृत्यु भएको छ । योसँगै हालसम्म कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या ३२२ जना पुगेको छ ।

प्रतिक्रिया

" data-width="100%" data-numposts="5">