युएस खबर
काठमाडौं, २५ भदौ
केही समय यताबाट अमेरिकाको न्युयोर्कमा बस्दै आएकी गायिका उर्मिला लाम्गाडेले आफ्नो स्वरमा नयाँ गीतको भिडियो ल्याएकी छिन् । उनले नयाँ गीत लिन आउँछु भन्थ्यौ…को भिडियो बिहिबार रिलिज गरेकी हुन् । उनको यो पहिलो गीत भए पनि आम व्यबसायिक गायिकाहरुको स्तरमा निकै मिठोसँग गाएकी छिन् । यस अघि उर्मिलाले नविन सुब्बाको ‘दलन’ नामक सिरियलमा काम गरेकी थिइन् । उनको आवाजमा समावेश यो पहिलो गीत हो ।
यो गीतको भिडियोमा मोडलको रुपमा अभिनेत्री पूजा शर्मा प्रिस्तुत भएकी छिन् । अभिनेत्री पूजाले कलाकार राज कटुवालसँग यो नयाँ गीत ‘लिन आउँछु भन्थ्यौ…’को म्यूजिक भिडियोमा अभिनय गरेकी हुन् ।
यो गीतलाई अहिलेको सफल युवा गीतकार दिग्गज धौरालीले लेखेका हुन् । शब्द निकै राम्रो छ । यो गीतमा संगीतकार अर्जुन पोखरेलले संगीत भरेका छन् । गीतलाई गायिका उर्मिला लाम्गाडेले न्याय गरेकी छिन् ।
यो गीतको भिडियोमा नायिका पूजा शर्मा र कलाकार राज कटुवालको अभिनय पनि त्यतिकै राम्रो छ । गीतमा यी दुईको जोडी जमेको छ । डान्सिङ नम्बरमा तयार पारिएको गीतको भिडियोमा पूजाले पनि खुलेरै नृत्य गरेकी छिन् । भिडियोलाई कविराज गहतराजले निर्देशन गरेका हुन् ।
भिडियोमा अर्जुन जीसीको सम्पादन, सौरभ लामाको छायांकन छ । यो गीतको भिडियोलाई बुढासुब्बा डिजिटलको युट्युव च्यानलबाट रिलिज गरिएको छ ।
प्रतिक्रिया