US Khabar

अन्जली र दिक्पाल अभिनित दधीको ‘मेरो माया हेरिदेउ ’ (भिडियो )

- Admin | ३ वर्ष पहिले प्रकाशित

अन्जली र  दिक्पाल अभिनित दधीको ‘मेरो माया हेरिदेउ ’ (भिडियो )

काठमाडौं । गीतकार दधी अधिकारीको नयाँ गीत ‘मेरो माया हेरिदेउ एक फेरी’  सार्वजनिक भएको छ । लोकप्रिय गायक एबम संगीतकार शिशिर योगीको संगीत तथा शिशिर योगी र रजिना रिमालको स्वर रहेको गीतको भिडियोमा चर्चित मोडेल अञ्जली अधिकारी तथा दिक्पाल कार्कीले अभिनय रहेको छ ।
साईपल क्रियसनको पहिलो निर्माण रहेको  भिडियोमा राजन शाहीको कोरियोग्राफी , आवेश बज्राचार्यको सिनेमाटोग्राफी र  माधव बेलबासेको सम्पादन रहने छ । भिडियोको निर्देशन  मोडल, टेलिभिजनकर्मी हुँदै निर्देशक बनेका प्रहिल कार्कीले गरेका हुन।  हाल लोकप्रिय गायक, गायिका एबम संगीतका हरुको स्वर ,संगीत रहेको गीतको भिडियो मेकिङमा  ब्यस्त  उनी पछिल्लो समय राम्रा र गुणस्तरीय भिडियो निर्देशकको रुपमा आफ्नो पहिचान बनाउदै छन ।
भिडियोलाई साईपल क्रियसनको युट्युबबाट रिलिज गरिएको हो । आगामी दिनमा पनि साईपल क्रियसन मार्फत राम्रा राम्रा गीतहरुको भिडियो निर्माण गरिने यसका सन्चालक एबम गीतकार दधी अधिकारीले जानकारी दिनु भयो ।

 

प्रतिक्रिया

" data-width="100%" data-numposts="5">