US Khabar

आज नेपालमा ९०२ जनामा कोरोना, थप ६ को मृत्यु

- Admin | ३ वर्ष पहिले प्रकाशित

आज नेपालमा ९०२ जनामा कोरोना, थप ६ को मृत्यु

युएस खबर
काठमाडौं, २३ भदौ

आज मँगलबार नेपालमा ९०२ जनामा कोरोना (कोभिड १९)को सँक्रमण पुष्टी भएको छ । स्वास्थ्य तथा जनसँख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमलृ नियमित पत्रकार भेटघाटमा दिएको जानकारी अनुसार पछिल्लो २४ घन्टामा देशभरका विभिन्न ल्याबमा गरिएको १० हजार ६११ जनाको पिसिआर परिक्षणमा ९०२ जनामा कोरोना देखिएको हो । यो सँगै नेपालमा हालसम्म जम्मा ४८ हजार १३८ जनामा कोरोना सँक्रमण भईसकेको पनि डा. गौतमले बताए । जसमा पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा ३९६ जना कोरोना सँक्रमित पुष्टी भएका छन् । जसमा काठमाडौंमा ३०० जना, ललितपुरमा ३८ जना र भक्तपुरमा ५८ जना सँक्रमित भएको पनि डा.गौतमले बताएका छन् ।

कोरोनालाई जितेर पछिल्लो २४ घन्टामा देशभरका विभिन्न आईसोलेसन सेन्टरबाट २ हजार २८७ जना डिस्चार्ज भएको पनि डा. गौतमले बताएका छन् । यो सँगै हालसम्म कोरोनालाई जितेर नेपालमा ३२ हजार ९६४ जना डिस्चार्ज भईसकेका छन् । यतीबेला देशका विभिन्न आईसोलेसन सेन्टरमा १४ हजार ८६८ जना उपचाररत रहेको पनि डा. गौतमले बताए । यस्तै विभिन्न क्वारेन्टाईनमा आज ५ हजार ३१० जना रहेका छन् ।

यसैगरी पछिल्लो २४ घन्टामा कोरोना सँक्रमणबाट ६ जनाको मृत्यु भएको छ । जसमा ५ पुरुष र १ महिला रहेको छन् । मृतक पुरुषमा सुनसरीका १, पर्साका २, काठमाडौंका १ र कपिलबस्तुका १ जना रहेका छन् । मृतक १ महिला काठमाडौंकी हुन् । योसँगै नेपालमा हालसम्म कोरोना सँक्रमणबाट मृत्यु हुनेको सँख्या ३०६ जना पुगेको पनि डा. गौतमले बताएका छन् ।

प्रतिक्रिया

" data-width="100%" data-numposts="5">