US Khabar

आज नेपालमा ९७९ जनामा कोरोना, थप ११ को मृत्यु, मृतक ३०० पुगे

- Admin | ३ वर्ष पहिले प्रकाशित

आज नेपालमा ९७९ जनामा कोरोना, थप ११ को मृत्यु, मृतक ३०० पुगे

युएस खबर
काठमाडौं, २२ भदौ

नेपालमा सोमबार देशभर ९७९ जनामा कोरोना (कोभिड १९)को सँक्रमणदेखिएको छ ।स्वास्थ्य तथा जनसँख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घन्टामा देशभरका विभिन्न ल्याबमा गरिएको ९ हजार २१८ जनाको पिसिआर परिक्षणमा ९७९ जनामा कोरोना देखिएको हो । यो सँगै नेपालमा हालसम्म ४७ हजार २३६ जनामा कोरोना सँक्रमण भईसकेको पनि डा. गौतमले बताए ।

जसमा पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा ३२६ जनामा कोरोना सँक्रमण भएको छ । जसमा काठमाडौंमा २९३ जना, ललितपुरमा २० जनार भक्तपुरमा १३ जना नयाँ सक्रमित रहेका छन् ।

यतीबेला देशका विभिन्न आईसोलेसन सेन्टरमा १६ हजार २५९ जना उपचाररत रहेको पनि डा. गौतमले बताए । यस्तै विभिन्न क्वारेन्टाईनमा आज ४ हजार ७३६ जना रहेका छन् ।

कोरोनालाई जितेर पछिल्लो २४ घन्टामा देशभरका विभिन्न आईसोलेसन सेन्टरबाट १ हजार ७३६ जना डिस्चार्ज भएको पनि डा. गौतमले बताएका छन् । यो सँगै हालसम्म कोरोनालाई जितेर नेपालमा ३० हजार ६७७ जना डिस्चार्ज भईसकेका छन् ।

यस्तै पछिल्लो २४ घन्टामा कोरोना सँक्रमणबाट ११ जनाको मृत्यु भएको छ । मृतकमा महिलातर्फ काठमाडौंमा ३ जना र कास्कीमा १ जना, बाँकेमा १ जना रहेको छन् । यस्तै मृतकमा पुरुषतर्फ मोरङमा १, सिराहामा २, सर्लाहीमा १, दोलखामा १ र मकवानपुरमा १ जना रहेका छन् ।

योसँगै नेपालमा हालसम्म कोरोना सँक्रमणबाट मृत्यु हुनेको सँख्या ३०० जना पुगेको पनि डा. गौतमले बताएका छन् ।

 

प्रतिक्रिया

" data-width="100%" data-numposts="5">