US Khabar

बाजुरामा आफ्नै श्रीमतीको गोली हानी हत्या

- Admin | ३ वर्ष पहिले प्रकाशित

बाजुरामा आफ्नै श्रीमतीको गोली हानी हत्या

आफ्नै श्रीमतीलाई गोली हानेर हत्या गरेका एक पुरुषलाई बाजुरा प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा बाजुराको गौमुल गाउँपालिका ४ का गोरख रोकाया रहेका छन् ।

४४ बर्षिय रोकायाले बुधबार राती आफ्नी ३३ बर्षिया श्रीमती सुन्तुलाई गोली हानेर हत्या गरेको प्रहरीले जनाएको छ । उनले श्रीमतीलाई घर छेउको गोठमा भरुवा बन्दुकले गोली हानेर हत्या गरेका थिए । गोरखलाई बिहीबार प्रहरीले एक थान बरुवा बन्दुकसहित पक्राउ गरेको छ ।

प्रतिक्रिया

" data-width="100%" data-numposts="5">