US Khabar

मछिन्द्रनाथ रथयात्रा बिबाद: कर्फ्यू पछि नयाँ आदेश-ललितपुरमा ५ जना भन्दा बढि भेला हुन नपाईने

- Admin | ३ वर्ष पहिले प्रकाशित

मछिन्द्रनाथ रथयात्रा बिबाद: कर्फ्यू पछि नयाँ आदेश-ललितपुरमा ५ जना भन्दा बढि भेला हुन नपाईने

ललितपुरका विभिन्न ठाउँमा अबको छ दिनसम्म पाँच जना भन्दा धेरै मानिस भेला हुन नपाइने भएको छ । रातो मछिन्द्रनाथको रथ यात्रामा भएको झडप र त्यसपछिको बिबादले ललितपुरमा कडा नियम सहित पाँच जना भन्दा धेरै मानिस भेला हुन नपाइने आदेश जारी भएको हो ।

निषेधाज्ञाको अभज्ञा गर्दै रथ यात्रा गरिएपछि पुल्चोकमा भएको झडपले अवस्था तथावग्रष्त हुनुका साथै हिजो दिनभरी कर्फ्यू आदेश जारी गरेको जिल्ला प्रशासन कार्यालय ललितपुरले करिव १ साताका लागि मानिसहरुको भेला हुन नपाउने आदेश जारी गरेको हो ।

ललितपुर जिल्ला प्रशासनले यस बिषयमा बिज्ञप्ती जारी गर्दै मच्छिन्द्रनाथ रथ रहेको आसपास क्षेत्र पूर्व मदन स्मारक स्कुल अगाडिको चोक, पश्चिम ललितपुर महानगरपालिका कार्यालय, दक्षिण सेन्ट जेभियर्स स्कुल अगाडिको चोक र उत्तर बखुण्डोल चोक, पूर्व मंगलबजार चोक, पश्चिम मदन स्मारक स्कुल अगाडिको चोक, दक्षिण पूर्णचन्डी मन्दिर र उत्तर पिमवहालसम्म मा भेला वा जम्मा हुन नपाइने जनाएको छ ।

बिहाबार रातो मछिन्द्रनाथको रथयात्राका क्रमम प्रहरी र स्थानिय बिच झडप भएपछि ललितपुरमा हिजो बिहान ४ बजेदेखी राती राती १० बजेसम्म कर्फ्यू आदेश जारी गरिएको थियो । जिल्ला प्रशासन कार्यालय ललितपुरले जात्राका कारण कोरोना संक्रमणको जोखिम बढेको र धार्मिक सहिष्णुतामाथि आँच पुगेको भन्दै महानगरपालिकाले रिङरोडभित्र शुक्रबार कर्फ्यू आदेश जारी गरेको हो ।

संस्कृतिमाथी हस्तक्षेत्र गर्न नपाईने भन्दै सरकारले जारी गरेको निषेधाज्ञा अभज्ञा गर्दै बिहिबार बिहान ११ बजे रातो मछिन्द्रनाथको रथ यात्रा पुल्चोक सम्म ल्याईएको थियो । प्रहरीले भिडभाड गर्न नपाईने भन्दै रथयात्रा रोख्न खोजेपछि स्थानिय र प्रहरीबिच झडप भएको थियो । झडपका क्रममा प्रहरीको बाईनमा आगजनी गर्नुका साथै ढुंगामुडा प्रहार र ट्राफिक प्रहरीमाथी निर्घात कुटपिट भएको थियो भने प्रहरीले स्थिती नियन्त्रणमा लिन पानीको फोहोरा र अश्रु ग्याँस प्रहार गरेको थियो ।

यस घटनाको भिडियो सार्वजनिक भएपछि धेरैले प्रहरीमाथीको कुटपिटको बिरोध गरेका छन् भने नेवार समुदायले संस्कृती माथीको हस्तक्षेप भन्दै सरकारको आलोचना गरिररहेका छन् ।

प्रतिक्रिया

" data-width="100%" data-numposts="5">