US Khabar

मेडिकल कलेजमा उपचाररत महिलाको मृत्यु – चितवनमा कोरोनाबाट मृत्यु हुनेको संख्या २१ पुग्यो

- Admin | ३ वर्ष पहिले प्रकाशित

मेडिकल कलेजमा उपचाररत महिलाको मृत्यु – चितवनमा कोरोनाबाट मृत्यु हुनेको संख्या २१ पुग्यो

कोरोना संक्रमणबाट चितवनमा एक महिलाको मृत्यु भएको छ । भाद्र ११ गते कोरोना पुष्टी भएकी चितवन मेडिकल कलेजमा उपचाररत महिलाको शुक्रबार दिउँसो मृत्यु भएको हो ।

हेटौडा उपमहानगरपालिका ११ की ५२ वर्षीया ति महिलाको श्वासप्रश्वासमा समस्या आएपछि अस्पताल भर्ना गरिएको थियो । उनको कोरोना पुष्टी भएपछि थप उपचार भै रहेको थियो ।

यो सहित चितवनमा कोरोनाबाट मृत्यु हुनेको संख्या २१ पुगेको छ ।

प्रतिक्रिया

" data-width="100%" data-numposts="5">