US Khabar

मृत भेटिए चार दिनदेखि बेपत्ता पत्रकार ढकाल

- USKHABAR | २ हप्ता पहिले प्रकाशित

मृत भेटिए चार दिनदेखि बेपत्ता पत्रकार ढकाल

चार दिनदेखि सम्पर्कविहीन रहेका पत्रकार प्रकाश ढकालको शव भेटिएको छ । गत शुक्रबारदेखि सम्पर्कविहीन ढकालको शव आज सोमबार धादिङको कृष्णभीरमा भेटिएको हो । त्रिशुली नदीमा ¥याफ्टिङ गरिरहेका एक व्यक्तिले टाढाबाट उनको शव देखेपछि प्रहरीलाई सूचना दिएका थिए । त्यसपछि लोकदोहोरी प्रतिष्ठानका अध्यक्ष गीता थापा, प्रहरी र पत्रकारसहितको टोली घटनास्थल पुगेको थियो ।

पत्रकार कमल सरगमका अनुसार ढकालको एउटा आँखा नभएको र टाउको क्षतविक्षत रहेको छ । शवलाई पोस्टमार्टमका लागि आजै काठमाडौं ल्याइँदै छ । शंका लागेका व्यक्तिविरुद्ध उनका परिवारले उजुरी दिने तयारी गरेको छ । पत्रकार ढकाल तिहारको बिदामा स्याङ्जाको चापाकोटस्थित आफ्नो घर गएका थिए । भाइटीका मनाएर बिहीबार उनी घरबाट हिँडेका थिए । तर, शुक्रबार दिउँसोदेखि उनी सम्पर्कविहीन भएका थिए । ढकाल सात वर्षदेखि लालीगुराँस डट कममा मनोरञ्जन संवाददाताका रुपमा कार्यरत थिए ।

प्रतिक्रिया

" data-width="100%" data-numposts="5">