US Khabar

टेक्ससमा बार्तिका राईको लाईभ प्रस्तुती

- USKHABAR | २ हप्ता पहिले प्रकाशित

टेक्ससमा बार्तिका राईको लाईभ प्रस्तुती

अमेरीकाको डालस टेक्सासमा गायिका बर्तिका राईले लाईभ प्रस्तुति दिने भएकी छन् ।नोभेम्वर २४ शुक्रबार फोटवर्थको नकआउट स्पोर्टस् बारमा आयोजना हुन लागेको कार्यक्रममा उनले लाईभ प्रस्तुती दिन लागेकी हुन् । युवापिढीमा लोकप्रिय गायिका बार्तिका राई स्टेज कार्यक्रम लगायत एकल सांगीतिक साँझमा निकै रुचाइएको गायिका हुन् । फेम नेपालको आयोजनामा हुन लागेको उक्त कार्यक्रममा ब्रज ब्याण्ड, सनिर खाती र म्याड हनीको बिशेष प्रस्तुती समेत रहने फेम नेपालका प्रमुख बिमल पछ्याईले जानकारी दिए ।कार्यक्रममा नांग्लो रेष्टुरेन्ट एण्ड बार अर्भिंग, असिई इभेन्ट, प्रोम भ्यापोर, अम्मा ग्रोसरी स्टोर, रियल्टर दिपीका श्रेष्ठ (लिगेसी वान लियल्टी), के गरि रा ? र मन्त्र रेस्टुरेन्ट एण्ड बारले सहकार्य गरेका छन् ।

कार्यक्रमको मिडिया पार्टनर भने यूएस खबर रहेको छ । कार्यक्रमको टिकट प्रिसेलमा ३५ डलर र डोरमा ५५ डलर राखीएको छ । टिकटको लागि व्यानरमा रहेको क्युआर स्क्यान गरेर अथवा आयोजक लाई सम्पर्क गर्ने सकिने छ ।

No description available.

प्रतिक्रिया

" data-width="100%" data-numposts="5">