गृहमन्त्री रामबहादुर थापा ‘बादल’ बाग्लुङको बाढि पहिरो प्रभावित क्षेत्रमा राहत लिएर पुगेका छन् । बागलुङको ढोरपाटन नगरपालिकाको भुजीखोलामा बुधबार राति १२ आएको बाढी(पहिरो क्षेत्रको अवलोकन तथा पिडितलाई राहत बितरणका लागि गृहमन्त्री थापा शुक्रबार बाग्लुङ गएका हुन् ।
ढोरपाटन नगरपालका- ९ को लाँकुरीबोटमा १५ घर, दुनेपँधेरामा पाँच घर, घट्टबोटमा आठ घर र सुप्राङ दुई घर, सरस्वती आधारभूत विद्यालय र जनचेतना प्राथमिक विद्यालय समेत बगाएको यस बाढि पहिरोले ठुलो संख्यामा धन जनको क्षती भएपछि बिहिबार मन्त्री थापा सो क्षेत्रमा प्रवेस गरेका थिए । तर मौसम खराबीका कारण गृहमन्त्री थापा स्याङ्जाको आकाशबाटै पोखरा विमानस्थलमा आकस्मिक अवतरण गरेर काठमाडौं फर्किएका थिए र उनि पुन आज पहिरो प्रभावित क्षेत्र गएका हुन् । अहिले सम्म बाग्लुङ बाढि पहिरोमा ज्यान गुमाउनेको संख्या १३ पुगेको छ भने ३६ जनाभन्दा बढी बेपत्ता रहेका छन् ।
नेपाली सेनाको हेलिकोप्टरमार्फत सो क्षेत्र पुगेका गृहमन्त्री थापासहितको टोलीले त्रिपाल, टेण्ट, म्याटलगायतका राहत सामग्री समेत वितरण गरेको छ ।
रातको समयमा सबै सुतिरहेका समय आएको बाढी पहिरोले बाढीले सडकछेउमा पार्किङमा राखेको जीप, दुईओटा विद्युत्गृह, एउटा झोलुंलेपुल, दुईओटा विद्यालय भवन समेत बगाएको छ ।
घटना स्थलमा प्रहरी र स्थानियले पहिरो पन्छाउनुका साथै संबन्धीत क्षेत्रमा बेपत्ताहरुको खोजी गरिरहेका छन् ।
प्रतिक्रिया