विश्वव्यापी कोरोना संक्रमणका कारण अमेरिकामा फेरी एक नेपालीको मृत्यु भएको छ । मृत्यु हुनेमा सोलुखुम्बुका ४४ बर्षीय ङिमा टेम्बा शेर्पा रहेका छन् ।
कोरोना संक्रमण भएपछि न्युयोर्क स्थित क्विन्सको एक अस्पतालमा भर्ना भएका शेर्पाको उपचारका क्रममा स्थानीय समय अनुसार बुधबार वबहान ५ बजे उनको मृत्यु भएको हो ।
शेर्पाको निधनको खबर यस अघि पनि आएको थियो तर समाचारमा यस प्रकारको खबर बाहिरिए पनि उनको मुटुले काम गरिरहेको चिकित्सकले बताएपछि उनि उपचार पछि फर्कने आसा परिवारको थियो यद्यपी शेर्पाको निधन भएको छ ।
गत मार्च २४ मा सोहि अस्पतालमा उपचारका क्रममा कोरोना संक्रमित ५० बर्षीय अनिल लिम्बुको मृत्यु भएको थियो ।
यो संगै अमेरिकामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५ पुगेको छ ।
प्रतिक्रिया