प्रहरीले स्पिट हूड लगाएर हत्या गरेका अश्वेत अमेरिकी ड्यानिएल प्रुडको हत्यामा संलग्न ७ प्रहरीलाई निलम्बन गरिएको छ । गत मार्च ३० मा प्रहरीले यातनापूर्वक स्पिट हूड लगाए पछि निसास्सीएर मृत्यु भएका ४१ बर्षिय ड्यानिएल प्रुडको हत्या सार्वजनिक भएपछि रोचेस्टर शहरकी मेयर लभ्ली वारेनले हत्यामा संलग्न प्रहरीहरुलाई निलम्बनको आदेश दिएकी हुन् ।
मानसिक समस्या रहेका ड्यानिएललाई पक्राउ गर्ने क्रममा प्रहरीको ज्याजदीका कारण उनको मृत्यु भएको थियो । पक्राउ गर्ने क्रममा मानिसहरुमाथि थुकिरहेका ड्यानियललाई त्यसबाट रोक्नका लागि प्रहरीले स्पिट हूड लगाएको थियो र यहि कारण उनको स्वास रोक्कीएर मृत्यु भएको थियो ।
नगरकी न्यायाधीवक्ताले यस घटनाको अनुसन्धान गरिरहेको पनि वारेनले बताएकी छन् ।
अमेरिकामा निरन्तर अश्वेत नागरिकमाथी प्रहरी दमनको बिरोधमा प्रदर्शन हुँदै आएको छ । मार्चमा घटेको यो घटना पनि लामो समय बाहिर आएको थिएन तर जव पछिल्ला दुई घटना जसमा केही साता अघि अमेरिकाको केनोसामा २९ वर्षिय अश्वेत व्यक्ति ज्याकुब ब्लेकमाथि प्रहरीले गोली प्रहार गरेको विरोध र गत मे मा प्रहरीको हिरासतमा मारिएका जर्ज फ्लोइड हत्याको बिरोधमा प्रदर्शन भएपछि यस घटना पनि सार्वजनिक भएको हो ।
विस्कन्सिन राज्यको केनोशा शहरमा २९ वर्षीय याकुब ब्लेकलाई नियन्त्रणमा लिनेक्रममा उनका ३ बच्चाहरुको सामुन्ने सार्वजनिक स्थलमा नै उनिमाथी ७ राउण्ड गोली प्रहार गरेको थियो । यस घटनाको बिरोधमा केनोसामा हजारौंको संख्यामा रहेका प्रदर्शनकारीहरुले प्रदर्शन जारी रहेको छ जसमा प्रदर्शनकारीहरुको मृत्यु समेत भएको छ ।
४ महिना अघि प्रहरीले मारेका जर्ज फ्लोइड चिच्याइरहँदा पनि उनको घाँटी थिचिरहेको भिडिओ सामाजिक सञ्जालमा भाईरल भएको भएसंगै सिंगो अमेरिमा आन्दोलन सुरु भएको थियो । कयौं प्रदर्शनकारीको ज्यनन समेत गएको यस आन्दोलनमा सहभागीहरुले जर्जले ‘मलाई स्वास फेर्न गाह्रो भयो’ भनेर जीवन रक्षाको लागि अनुनय गरेको वाक्यलाई नारा बनाएर आन्दोलन सुरु गरेका थिए ।
यि दुई घटनामा अमेरिकी अश्वेत नागरिकमाथीको ज्याजदीको संज्ञा दिदैं प्रदर्शन सुरु भएको थियो भने यस्तै प्रकृतीको घटना ड्यानिएल प्रुडको हत्यामा पनि देखिएपछि अश्वेतहरुको एकिवद्धता स्वरुप यस घटना बाहिरिएको छ । यसले प्रदर्शनलाई थप चर्काउन सक्ने देखिन्छ । एजेन्सि
प्रतिक्रिया