US Khabar

अमेरिकामा भाइटिकाको उत्तम साइत  ?

- USKHABAR | ३ हप्ता पहिले प्रकाशित

अमेरिकामा भाइटिकाको उत्तम साइत  ?

अमेरिकामा तिथि मितिको समस्या हरेक महत्पपुर्ण धार्मीक कार्य हरुमा पर्ने गरेको देखिन्छ । विशेष गरि दशैका र तिहारका बेला अ‍ेमेरिकामा साइतको बारेमा दुइमत हुने गर्छ । नेपालको परम्परालाई अवलम्बन गर्ने कि मितिलाई भन्ने बारे अन्योल हुँदा आफ्नो इच्छाअनुरुप कतिपय चल्ने गरेको देखिन्छ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको भाइटीकाको उत्तम साइत कात्तिक २९ गते बुधबार बिहान १० बजेर ५१ मिनेटमा रहेको जनाएको छ । समितिका अनुसार भाइटीकाको उत्तम साइत भोलि बुधबार बिहान १०ः ५१ बजे भए पनि दिनभर नै टीका लगाउन सकिनेछ ।

त्यस्तै अमेरिकामा भाइ टिकाको साइतका बारेमा नेपाली सांस्कुृतिक तथा आध्यात्मिक केन्द्र पशुपतिनाथ मन्दिर अमेरिकाका मुल पुजारी डा. शेखर पन्डित भन्छन् – ‘ अमेरिकामा भाइटीका Nov 14 कि 15 भन्ने कुरा चंलिरहेको छ । मलाई केही भक्तजनहरूले फेसबुक र फोनद्वारा तिहारको भाइ टीकाको बारेमा आफ्नो धारणा स्पष्ट पारिदिनुभए हुन्थ्यो भन्नु भएकोले मेरो आफ्नो निजी धारणा यस प्रकार प्रस्तुत गरेकोछु । सर्वप्रथम धर्म-कर्म गर्ने वा नगर्ने र टीका प्रसाद लगाउने वा नलगाउने भन्ने कुरा यो नितान्त आफ्नो इच्छाको कुरो हो । कसैको करले हुने कुरा होइन । एक दृष्टिकोणबाट हेर्दा यी दुवै दिन ठीक देखिनुलाई कसैले राम्रै मान्नु भएकोछ र कसैले नराम्रो । अब कुन दिन टीका लगाउने ? ,त्यो आफ्नो निजी विचारको कुरो हो ।

१. जस्ले स्थानीय परम्परालाई मानी आउनु भएको छ , उहाँहरूले NOV 14 का दिन बिहान शुभ समय 11. 25 मा टीका लगाउँदा राम्रो ।

२.  जस्ले नेपाली सनातन परम्परालाई मान्दै आउनु भएको छ , उहाँहरुले NOV 15 का दिन बिहान 10. 53 देखि 12 .12 को शुभ उत्तम समयमा टीका लगाउँदा राम्रो ।

३. तपाईं कुन दिन टीका लगाउनु हुन्छ , आफ्नो धारणा के हो भनेर सोध्नुहुने भक्तजनहरूलाई म के भन्छु भने “आज्ञा गुरूणां ह्यविचारणीया ” “यद्यपि सिद्धं लोकविरुद्धं नो करणीयं नाचरणीयम्” “कुर्यात् वाऽपि यथाकुलम् “अर्थात् गुरु (मान्यजन) ले आज्ञा दिए पछि विचार नगरियोस् । यद्यपि शास्त्र -सिद्ध कुरा हो तापनि यदि लोक ( समाज )को विरुद्धमा छ भने त्यस्तो कुरा नगरियोस् र नगराइयोस् । अथवा आफ्नो कुल-परम्परामा जे चलेको छ , त्यही गरोस् । यो माथिका नीति शास्त्रका कुरा मनन गर्दा र पिता, माता, दाजु , दिदी जस्ता मान्यजनको आज्ञा पालन गर्नु मेरो आफ्नो धर्म र कर्तव्य भएकोले मैले आफ्नो निजी विचारले NOV 15 मा भाइ -टीका उत्तम मानेको छु ।’

प्रतिक्रिया

" data-width="100%" data-numposts="5">