US Khabar

एन्फा अध्यक्ष नेम्वाङले पाए विश्वासको मत

- USKHABAR | ४ हप्ता पहिले प्रकाशित

एन्फा अध्यक्ष नेम्वाङले पाए विश्वासको मत

अखिल नेपाल फुटबल संघ (एन्फा)को विशेष साधारण सभाबाट अध्यक्ष पंकजविक्रम नेम्वाङले विश्वासको मत पाएका छन्। हेटौंडामा बिहीबार भएको विशेष साधारण सभामा भएको मतदानमा ५३ मत खसेको थियो । जसमा नेम्बाङले ५२ मत पाए भने विपक्षमा एक मत पनि खसेन। १ मत बदर भएको थियो ।गत भदौ २५ मा एन्फाका ४९ सदस्यले अध्यक्ष नेम्वाङ र महासचिव किरण राईको बर्खास्तीको माग गर्दै अविश्वास प्रस्ताव राखेका थिए। नेम्वाङको विश्वासको मतका लागि आज विशेष साधारण सभा गरिएको हो।

प्रतिक्रिया

" data-width="100%" data-numposts="5">