US Khabar

मधेशी समाज अमेरिकाको चौथो साधारण सभा सम्पन्न, नयाँ नेतृत्व चयन

- USKHABAR | ४ हप्ता पहिले प्रकाशित

मधेशी समाज अमेरिकाको चौथो साधारण सभा सम्पन्न, नयाँ नेतृत्व चयन

मधेशी समाज अमेरिकाको चौथो साधारण सभा सम्पन्न भएको छ । चौथो साधारण सभा नयाँ नेतृत्व चयन गर्दै हालै टेक्सासको ड्यालसमा सम्पन्न भएको हो । साधारण सभाले राष्ट्रिय कमिटी र टेक्सास राज्य कमिटीको लागि छुट्टा छुट्टै नेतृत्व चयन गरेको समाजले जनाएको छ । अमेरिका मधेशी समाजले दिएको जानकारी अनुसार चौथो साधारण सभाबाट राष्ट्रिय कमिटीको लागि नितय साहको अध्यक्षतामा नयाँ राष्ट्रिय कमिटी चयन गरेको छ । उक्त कमिटीको बरिष्ठ उपाध्यक्षमा मुकेश यादव, उपाध्यक्षहरुमा क्रमसः दिनेश यादव र सुरेन्द्र राम, महिला उपाध्यक्ष चन्द्रिका भगत, महासचिब बिकास गुप्ता, सहसचिब मधुसुधन चौधरी र कोषाध्यक्षमा अजय साह रहेका छन ।

चौथो साधारण सभाले प्रबक्तामा सन्जय यदुबंशी, मिडिया तथा आईटी सँयोजकमा नविन ठाकुर र महिला सँयोजक किरन अधिकारीलाई चयन गरेको छ । यसैगरि सदस्यहरुमा क्रमसः दिलबहादुर राउत, प्रमोदकुमार यादब, भुपाल साह, कृष्ण कुस्वाहा, रमेश ठाकुर, श्यामकिशोर यादव, डा. विपिन यादव, सविता साह र सुजिता चौधरी निर्बाचित भएको सो सास्थाले जनाएको छ ।

अमेरिका मधेशी समाज अमेरिकाको चौथो साधारण सभाबाट टेक्सास राज्य कमिटीको लागि रामबाबु गुप्ताको अध्यक्षतामा नयाँ कमिटी चयन गरेको छ ।
सो राज्य कमिटीको बरिष्ठ उपाध्यक्षमा सुरेन्द्र चौहान, उपाध्यक्षमा गोविन्द कानु, महिला उपाध्यक्षमा मणि कर्ण, महासचिबमा विपिन यादव र कोषध्यक्षमा अजय राम, मिडियारआईटी संयोजकमा पारस केसी, विद्यार्थी तथा युवा संयोजकमा बब्लु यादव रहनु भएको छ । यसै गरि टेक्सास राज्य कमिटीको कार्यकारी सदस्यहरुमा क्रमसः आकाश गुप्ता, अजय साह, अंकेश यादव, अम्बिका यादव, भुनेश्वर साह, पमी यादव, सुनिल यादव, सञ्जय यादव, सञ्जय चौधरी, सन्दिप पटेल चयन भएको समाजले जनाएको छ । उक्त साधारण सभाको उद्घाटन कार्यक्रममा बिभिन्न साँस्कृतिक कार्यक्रम प्रस्तुत गरिनुका साथै ड्यालस फोर्टवर्थका नेपाली समुदायका अगुवाहरुले शुभकामना मन्तब्य व्यक्त गरेका थिए ।

No description available.No description available.No description available.No description available.No description available.

प्रतिक्रिया

" data-width="100%" data-numposts="5">