इजरायल–प्यालेस्टाइन युद्धको कारण यतिखेर ‘यहुदी समुदाय’ को विश्वव्यापी चर्चा छ । इतिहासका विभिन्न कालखण्डमा चरम दमन र नरसंहारको शिकार भएको, थोरै जनसंख्या भएको, विश्वभरि छरिएको यहुदी समुदाय ज्ञान, विज्ञानमा भने धेरै अगाडि भएको मानिन्छ।
तथ्यांकअनुसार अहिलेसम्म नोबेल पुरस्कार प्राप्त गर्ने ९७५ मध्ये २१२ अर्थात् करिब २३ प्रतिशत यहुदी समुदायमा जन्मिएका चिन्तक, अभियन्ता, वैज्ञानिक तथा साहित्यकार थिए । यसले पनि यहुदी समुदाय हरेक हिसाबले उत्कृष्ट रहेको देखाउँछ ।
यहूदीहरूको लामो र रंगीन इतिहास छ। तिनीहरू इतिहासको सबैभन्दा ठूलो चिन्तनका स्रोत हुन् (धार्मिक र वैज्ञानिक) उनिहरूले धेरै सङ्कष्टहरू भोगेका छन् । यहुदी समुदायमाथि हिटलरले दमन गर्नुको मुख्य कारण पनि उनीहरूको तीक्ष्ण बुद्धि र प्रतिभा नै थियो । यो समुदायबाट विश्वमा हजारौं ठूला वैज्ञानिक र चिन्तक जन्मिएका छन् । तीमध्ये पनि केही चिन्तक र वैज्ञानिक यस्ता छन् जसलाई संसारले चाहेर पनि कहिल्लै भुल्न सक्दैन । यहुदी समुदायमा जन्मेर विश्वलाई नै प्रभावित गर्ने ति सात महान् व्यक्ति को को थिए ? आउनुहोस् बुझौँ ।
१. जिसस क्राइष्ट
जिसस क्राइस्टको जन्म यहुदी परिवारमा भएको थियो, तर उनको विचार र आन्दोलनले क्रिश्चियानिटीको जन्म भयो । उनी पहिलो शताब्दीका यहुदी प्रवचक तथा धर्म गुरु थिए । उनका प्रवचनमा फरक विचार र धारणा व्यक्त हुन थालेपछि स्वयं यहुदी प्रशासनले गिरफ्तार गरी क्राइस्टलाई रोमन अधिकारीसमक्ष बुझाएको थियो ।
रोमन साम्राज्यका जुदाह प्रशासक पोन्टियस पिलाटले उनलाई शुलीमा चढाएका थिए । आज क्रिश्चियन विश्वको सबैभन्दा ठूलो धार्मिक समुदाय हो । विश्व जनसंख्याको ३१ प्रतिशत अर्थात् करिब २ अर्ब ३२ करोड जनसंख्याले क्रिश्चियानिटी मान्दछ । क्राइस्टलाई ‘लाइट अफ वर्ल्ड’ पनि भनिन्छ ।
२.मोसा
मोसेस अर्थात मोसा एक बाइबलीय हिब्रू धार्मिक नेता, कानूनदाता, लेवी, अगमवक्ता, र सैन्य नेता हुन् जसले टोरा लेखेका थिए। उनि यहूदी धर्ममा सबैभन्दा महत्त्वपूर्ण अगमवक्ता मानिन्छ। एक्सोडसको पुस्तक अनुसार, मोशा हिब्रू आमा, जोचेबेडको जन्म भएको थियो, जसले उनलाई लुकाई राखे जब एक फारोले सबै नवजात हिब्रू केटाहरूलाई मार्ने आदेश दिए। उसलाई इजिप्टको शाही परिवारमा अपनाइयो।
एक मिश्री दास–मालिकलाई मारेपछि, मोशा भागेर गोठालो बने र पछि हिब्रूहरूलाई दासत्वबाट छुटकारा दिन परमेश्वरले आज्ञा दिनुभयो। इजिप्टमा दस विपत्तिहरू फैलिएपछि, उहाँले हिब्रू दासहरूलाई मिश्रबाट लाल समुद्र हुँदै बाहिर निकाल्नुभयो, जहाँ तिनीहरू ४० वर्षसम्म मरुभूमिमा घुमे, त्यस समयमा, बाइबलका अनुसार, मोशाले दस आज्ञाहरू प्राप्त गरेका थिए।
३. अब्राहम
यहूदी, ईसाई र मुस्लिम परम्पराहरूले अब्राहामलाई इजरायलीहरू, र इडोमिटीहरूको संस्थापक कुलपतिको रूपमा अब्राहमलाई मानिन्छ। उनलाई यहूदी धर्म र एकेश्वरवादको संसापकको रूपमा व्यापक रूपमा मानिन्छ। अब्राहमको अर्थ ‘उच्च पिता’हो, जो अरामी शब्द ‘आबा रामा’बाट आएको हो। उनको जन्म २००० बिसिमा भएको थियो भने उनको मृत्यु १८२५ विसिमा भएको मानिन्छ ।
यहूदी धर्म, ईसाई धर्म र इस्लामलाई कहिलेकाहीँ ‘अब्राहामिक धर्महरू’ भनेर चिनिन्छ किनभने अब्राहामले तिनीहरूका पवित्र पुस्तकहरूमा खेलेको पूर्वज भूमिकाका कारण । उत्पत्तिका अनुसार, अब्राहामलाई मेसोपोटामियाबाट कनान देशमा परमेश्वरले ल्याएका थिए । त्यहाँ, अब्राहामले एउटा करारमा प्रवेश गरेः सर्वोच्च विश्वव्यापी देवता र अख्तियारको रूपमा परमेश्वरको एकमात्र मान्यताको बदलामा, अब्राहामले अनगिन्ती सन्तानलाई आशिष् दिइनेछ।
४.कार्ल मार्क्स
विश्व कम्युनिस्ट आन्दोलनका मुख्य वैचारिक प्रणेता कार्ल मार्क्सको परिवार पनि यहुदी थियो। यद्यपि, उनका हजुरबाले धर्म परिवर्तन गरी क्रिश्चियन अँगालेका थिए । कार्ल मार्क्सले भने आफूलाई कुनै पनि धर्म नमान्ने ‘नास्तिक’ का रूपमा प्रस्तुत गरे । उनले द्वन्द्वात्मक ऐतिहासिक भौतिकवादको दर्शन विकास गरे । उनले सन् १८४८ मा मित्र फेडरिक एंगेल्ससँग मिलेर ‘कम्युनिस्ट घोषणा पत्र’ लेखे । आधुनिक विश्व राजनीतिको वैचारिकीमा मार्क्सवादको व्यापक प्रभाव देखिन्छ । उनी उन्नाइसौं शताब्दीका सबैभन्दा प्रभावशाली विचारक सावित भए । संसारमा विरलै त्यस्ता देश होलान्, जहाँ मार्क्सवादमा विश्वास गर्ने मानिस नहोलान् ।
सन् १९१७ मा रुसमा मार्क्सवादी पार्टीले पहिलो क्रान्ति गरेको थियो । त्यसका नेता लेनिन थिए । रुसी अक्टोबर क्रान्तिपछि मार्क्सवाद संसारभरि झनै फैलियो । आज अस्तित्वमा रहेका देशमध्ये कुनै बेला ४८ देशमा मार्क्सवादी पार्टीले सरकार चलाएका थिए ।
तर, सन् १९८९ पछि भने मार्क्सवादी सत्ताहरूको पतन हुन थाल्यो । कम्युनिस्ट सत्ता स्थापित भएका सोभियत संघ, युगोस्लाभिया, चेकोस्लाभिया विघटन भए । पूर्वी युरोपका विभिन्न देशमा साम्यवादी सत्ताको पतन भयो भने पूर्व जर्मनीको कम्युनिस्ट सत्ता पतन भएपछि जर्मनीको एकीकरण भयो ।
५.अल्बर्ट आइन्स्टाइन
अल्बर्ट आइन्स्टाइन अगाडि नै ग्यालिलियो ग्यालिली र सर आइज्याक न्युटनले आधुनिक विज्ञानलाई निश्चित आयाम दिइसकेका थिए तर, आइन्स्टाइनको योगदानपछि विज्ञानले जुन उचाइ हासिल ग¥यो त्यो अद्वितीय रह्यो । आइन्स्टाइन जर्मन यहुदी परिवारमा जन्मेका थिए । अझ रोचक कुरा– हिटलरको नाजी जर्मनद्वारा यहुदी नरसंहार गरिएको समयका मानिस थिए उनी । उनी नाजी जर्मनीको दमनबाट बच्न अमेरिका पलायन भएका थिए । आइस्टाइनको जन्म सन् १९७९ मा जर्मनीको उल्मामा भएको थियो । उनको मृत्यु भने सन् १९५५ मा अमेरिकाको न्युजर्सीमा भयो ।
आइन्स्टाइनले भौतिक विज्ञानमा सापेक्षताको सिद्धान्त, अनिश्चितताको सिद्धान्तलगायत थुप्रै विचार दिए । भनिन्छ ओपनहाइमरले अणुबम बनाउने शुत्र पनि आइन्स्टाइनबाटै प्राप्त गरेका थिए । हिटलरको दमन देखेको भएर हुन सक्छ आइन्स्टाइन संसारमा छुट्टै यहुदी राज्य हुनुपर्छ भन्ने मान्यता राख्थे । त्यस्तो यहुदी राज्यको प्रस्थापना लेख्ने काममा पनि आइन्स्टाइनले सहयोग गरेको बताइन्छ ।
इजरायल राज्यको स्थापनापछि पहिलो राष्ट्रपति बन्न उनलाई आग्रह गरिएको थियो । तर, आइन्सटाइनले राजनीति आफ्नो रुचिको विषय नभएको भन्दै त्यसलाई अस्वीकार गरेका थिए ।
६.बेनेडिक्टस द स्पिनोज
स्पिनोजा सन् १६३२ नोभेम्बरमा अम्सटर्डममा जन्मिएका यहुदी परिवारका दार्शनिक थिए । उनका विचारको दार्शनिक परम्परामा गहिरो प्रभाव प¥यो । १७ औं शताब्दीमा यथार्थवादी दार्शनिक विचारधारको विकासमा स्पिनोजाको ठूलो योगदान थियो ।
उनले हिब्रु बाइबल र यहुदी विचारको सत्यतामा शंका गरे । तसर्थ २३ वर्षको उमेरमा उनलाई यहुदी समाजबाट निकाला गरिएको थियो । ईश्वरको अस्तित्वमाथि शंका गरेको भन्दै हल्यान्ट प्रशासनले उनका पुस्तकमाथि प्रतिबन्ध लगाएको थियो । उनी ४४ वर्षको कलिलो उमेरमै बितेका थिए । उनलाई १७औं शताब्दीका सर्वाधिक शक्तिशाली दार्शनिक मानिन्छ ।
७.सिग्मन्ड फ्रायड
सिग्मन्ड फ्रायड जसलाई आधुनिक ‘मनोविज्ञान शास्त्रका पिता’ भन्छिन, उनी पनि यहुदी परिवारमा जन्मेका थिए । उनको जन्म सन् १८५६ मे ६ मा अस्ट्रियामा भएको थियो । पेशाले उनी चिकित्सक थिए । रोगीको उपचार गर्दागर्दै उनको ध्यान मनोविश्लेषणतिर गयो । अन्ततः उनको विचारलाई ‘फ्रायडवाद’ भन्न थालियो । मनोचिकित्सा, मनोविज्ञान, कला र साहित्यमा उनका विचारको धेरै ठूलो प्रभाव प¥यो ।
फ्रायडले मानव व्यक्तित्वको विकासमा यौन भावनाको भूमिकालाई प्राथमिकता दिएर चिन्तन गरे । उनले मान्छेको मनोवैज्ञानिक प्रतिरक्षा प्रणाली र सपनाको व्याख्यासमेत गरे । समकालीन विश्वको बौद्धिक विमर्शमा फ्राइडको महत्त्वपूर्ण योगदान र भूमिका छ ।
बीसौं शताब्दीमा मार्क्सवाद र फ्राइडवाद उत्तिकै प्रभावशाली र समानान्तर विचार मानिन्थे । मार्क्सवादको ‘वर्गवाद’ सत्य हो कि फ्राइडको ‘यौनवाद’ भन्ने बहस भइरहन्थ्यो । एक्काइसौं शताब्दीमा भने यी दुवै विचारधाराको महत्त्व घटेको छ । तर, फ्राइड विश्वको वैचारिक परम्परालाई गहिरो प्रभाव पार्ने एक प्रभावशाली चिन्तक थिए भन्नेमा कसैको पनि विमति छैन ।
*यो रिपोर्ट विभिन्न एजेन्सीहरुको सहायतामा युएसखबरका लागि दया दुदराजले बनाईएका हुन् ।
प्रतिक्रिया