US Khabar

नीति बनाउन छाडेर आफै फिल्म बनाउने दाउमा चलचित्र विकास बोर्ड, भुवन केसीको असक्षमता कि बदनियत ?

- USKHABAR | ४ हप्ता पहिले प्रकाशित

नीति बनाउन छाडेर आफै फिल्म बनाउने दाउमा चलचित्र विकास बोर्ड, भुवन केसीको असक्षमता कि बदनियत ?

“फिल्म क्षेत्रको विकासका लागि सहिद हुनसमेत तयार छु” यो भनाई नेपाल चलचित्र बोर्डका अध्यक्ष भुवन केसीको हो । उनले यो भनाई चलचित्र विकास बोर्डको अध्यक्षको कार्यभार सम्हाल्ने समयमा भनेका थिए । उनी बोर्डमा नियुक्त हुँदै गर्दा फिल्मकर्मी र फिल्म क्षेत्रले ठुलो फड्को मार्ने अपेक्षा गरेका थिए । समय सक्किा लाग्दा पनि केसीको कार्यकाल खासै उपलब्धिमूलक भएको देखिएन । बरु, उनी यस बीचमा धेरै विवादमा घेरिए । केही राम्रो काम पनि भए । तर, विवादले ती ओझेलमा परे ।

भुवन केसी विकास बोर्डको अध्यक्षमा नियुक्त भएयता बोर्ड विवादबाट कहिल्यै पनि मुक्त हुन सकेका छैनन् । कहिले ‘राष्ट्रिय चलचित्र पुरस्कार’ को उत्कृष्ट फिल्मको विधा नै हटाउने निर्णय त कहिले फिल्मको नाम हेरफेर गरिदिएर विवादमा आइरहने चलचित्र विकास बोर्ड पुनः विवादमा तानिएको छ । यसपटक ऊ आफैं फिल्म निर्माण गर्ने निर्णयका कारण विवादमा आएको छ । बोर्डको यो निर्णय चलचित्र क्षेत्रमा मजाकको विषय बनेको छ । नियामक निकाय आफैँले चलचित्र निर्माण गर्छु भन्नु हास्यास्पद रहेको चलचित्रकर्मीहरु बताउछन् ।

‘लौ १ अर्को ठट्टाको खबर आयो, चलचित्र विकास बोर्ड आफैँले चलचित्र बनाउने रे १ उहाँहरूलाई अनि मन्त्रीजीलाई सम्झाइदिनुप¥यो कसैले कि बोर्ड नियामक संस्था हो, निर्माण संस्था होइन,’ बोर्डका पूर्वअध्यक्ष कृष्ण मल्लले लेखेका छन्, ुयो सिधै बोर्डको नियम र सिद्धान्तविरुद्ध छ । हो, तपाईंहरूले राम्रा चलचित्रमा अनुदान दिन सक्नुहुन्छ, तर आफैँ निर्माता बन्ने काम गलत हो ।’

चौतर्फी विरोधका बाबजुत बोर्डका पधादिकारीहरु भने आफुहरुले निकै राम्रो काम गरेको ठान्छन् । बोर्डका प्रवक्ता कएल बुढाथोकी विभिन्न सञ्चार माध्यम मार्फत बोर्डले चलचित्र बनाउन पाउने भन्दै स्पष्टिकरणको नाममा कू तर्क गर्दै हिडेका छन् ।

यी घटनाहरुलाई नियाल्दा भुवन केसी बोर्डको अध्यक्षमा नियुक्त भएयता काम भन्दा धेरै स्टन्ट देखाउछन् भन्दा कुनै फरक नपर्ला । यस्ता गतिविधिलाई हेर्दा केसीले चलचित्र विकासका लागि भन्दा पनि धेरै व्यक्तिगत फाइदा र स्वार्थपुर्तीका लागि अध्यक्षमा बनेका हुन् भन्न सकिन्छ । काँग्रेससँग झोला थापेर बोर्डको अध्यक्षमा नियुक्त भएका केसी स्वार्थ पुर्तीकै लागि बोर्डमा रजगज गरिरहेका छन् भन्दा कुनै फरक पर्दैन ।

हेर्नुहाेस् भिडियो:-

प्रतिक्रिया

" data-width="100%" data-numposts="5">