संयुक्त राष्ट्रसंघले विश्वब्यापी महामारीका कारण पुरुष र महिलाबीचको खाडललाई नाटकीय हिसाबले बृद्धि गर्ने बताएको छ । संयुक्त राष्ट्रसंघले हालै सार्वजनिक गरेको एक विवरणमा कोरोनाका कारण आगामी बर्ष ४ करोड ७० लाख महिला अति गरिबीतर्फ धकेलिने अनुमान सहित महिला र पुरुषबिचको आर्थिक खाडल अझै फराकिलो हुने बताईएको हो ।
संयुक्त राष्ट्रसंघको सार्वजनिक सार्वजनिक विवरण अनुसार सन् २०२१ मा महिलाहरुको गरिबी बृद्धिदर २।७ प्रतिशतसम्म हुने अनुमानहरु गरिएको छ ।
संयुक्त राष्ट्रसंघको युएन वुमन र राष्ट्रसंघीय विकास कार्यक्रम (युएनडिपी) ले महिलाहरुको गरिबीको अवस्था अत्यधिक बढ्ने चिन्ता व्यक्त गरेको छ भने सर्वेक्षणकर्ता तथा अध्ययनकर्ताहरुले यो खाडल पुरिन १० बर्ष लाग्ने बिष्लेषण गरेका छन् ।
प्रतिक्रिया