US Khabar

अन्तर्राष्ट्रिय क्रिकेटमा पहिलो पटक खेलाडी टाइमआउट, म्याथ्युज पेभिलियन फर्किए

- USKHABAR | ४ हप्ता पहिले प्रकाशित

अन्तर्राष्ट्रिय क्रिकेटमा पहिलो पटक खेलाडी टाइमआउट, म्याथ्युज पेभिलियन फर्किए

नयाँ दिल्लीको अरुण जेटली स्टेडियममा बंगलादेश र श्रीलंकाबीचको खेलमा श्रीलंकाका खेलाडी एन्जेलो म्याथ्यु टाइम आउट भएका छन् । आईसीसी नियमअनुसार क्रिजमा उपस्थित खेलाडी आउट हुँदा उनको स्थान लिने खेलाडीले बढीमा तीन मिनेटभित्र बलरको सामना गर्न तयार हुनुपर्छ। यो अवस्थामा एन्जेलो म्याथ्यु निर्धारित समयभन्दा अगाडि नै मैदानमा पुगेका थिए ।

तर, हेल्मेट ठीक अवस्थामा नभएका कारण उनले निर्धारित समयभन्दा अगाडि बलरको सामना गर्न सकेनन् । यसपछि बंगलादेशको टोलीले अम्पायरलाई यो नियमअनुसार उनलाई आउट घोषित गर्न अपिल गरेको थियो, जसलाई अम्पायरले स्वीकार गर्दै एन्जेलो म्याथ्युलाई आउट घोषणा गरेका थिए ।

प्रतिक्रिया

" data-width="100%" data-numposts="5">