शिकागो,
अमेरिकामा रहेका नेपालीहरुको पुरानो संस्था एन्माको साधारणसभा पहिलो पटक अनलाईनबाट हुने भएको छ । हरेक बर्ष लेबर डे सप्ताहको अवसरमा अन्य संस्था नासिया, एनएहरुसंग भब्य रुपमा साधारण सभा गर्दै आएको एन्माले यस पटक अनलाईनबाट गर्न बाध्य भएको हो । एन्माका बरिष्ठ उपाध्यक्ष तिलक केसीका अनुसार यहि सेप्टेम्बर ५ तारिखका दिन एन्माले अनलाईनबाट अमेरिकाका बिभिन्न स्थानमा रहेका एन्माका पुराना पदाधिकारी, साधरण सदस्यका साथै अमेरिकाको बिभिन्न स्थानमा रहेका नेपालीहरुको सहभागितमा साधारण सभा सम्मपन्न गर्नेछ ।
हरेक दुई बर्षमा नयां कार्यसमिती चयन गर्दै आएको एन्माले यस पटक अनलाईन साधारणसभाबाटै नयां कार्यसमिति पनि घोषणा गर्ने कार्यक्रम छ । एन्मामा प्राय जसो निर्बाचन बिना नै सहमतीबाटै नयां समिती छनौट हुंदै आएकोले यस पटक पनि सहमतीमै नयां समिती छानिने छ । सेप्टेम्बर ५ तारिख बिहान साधारणसभा र बेलुका साहित्यीक कार्यक्रम पनि गर्न लागिएको छ । कार्यक्रममा सहभागी हुन जुम लिंक समेत राखिएको महासचिव दिवाकार दाहालले बताएका छन् ।
प्रतिक्रिया