सरकारले जारी गरेको निषेधाज्ञा अभज्ञा गर्दै उपत्यकामा रातो मछिन्द्र नाथको रथ यात्रा सुरु गरेपछि झडप भएको छ । हिजो थप गरिएको निषेधाज्ञाको उल्लंखन गर्दै आज बिहान रथ यात्रा सुरु गरेपछि पुल्चोकमा प्रहरी र यात्रामा सहभागी स्थानियबिच झडप भएको हो ।
हजारौंको संख्यामा रथ यात्रामा सहभागीहरुलाई नियन्त्रण गर्न नसकेपछि थप प्रहरी परिचालन गर्दै पानिको ट्यांकर ल्याएर फोहोराबाट स्थानियलाई रोक्न कोषिस गरेपछि स्थिती थप तनावग्रष्ट भएको थियो । स्नानिय युवाहरुले नियन्त्रणको बिरोध गर्दै प्रहरीमाथी ढुंगामुडा प्रहार गर्नुका साथै प्रहरीको मोटरसाईकल समेत लगाएका छन् । पनि ट्यांकरमाथी पनि तोडफोड भएको छ । झडपले उग्ररुप लिन सक्ने देखिएपछि प्रहरीले अश्रु ग्याँंस समेत प्रहार गरेको थियो ।
प्रतिक्रिया