US Khabar

भिवर्स र प्रतिकृयाका आधारमा किन आएन ‘आटो पिठो’ गीत यूटुव ट्रेन्डिङमा ?

- Admin | ३ वर्ष पहिले प्रकाशित

भिवर्स र प्रतिकृयाका आधारमा किन आएन ‘आटो पिठो’ गीत यूटुव ट्रेन्डिङमा ?

नेपाली संगीत क्षेत्रमा नयाँ नयाँ गीतहरु दिनहुँ जसो सार्वजनिक भई रहेका छन् । सार्वजनिक गीतहरु मध्य कती गीत छोटो समयमा नै चर्चा बटुल्न सफल छन् भने कति गीतहरु राम्रो हुँदा हुँदै पनि अपेक्षा गरिएको जस्तो चर्चामा पुग्न सकिरहेका छैनन् । युटुव ट्रेन्डिङको लहर चलिरहेको वर्तमान नेपाली संगीतमा कस्ता गीत ट्रेन्डिङमा पुग्छन् र यसको मापदण्ड के हो पनि स्पष्ट छैन । सामान्य तया ट्रेन्डिङमा जानको लागि दर्शक स्रोताले धेरै पटक हेरेको र धेरै प्रतिकृया आएको भिडियो भन्ने बुझीन्छ तर यहाँ त्यो पनि सत्य सावित देखिएको हुँदैन । किनकी यो सातालाई नै हेर्ने हो भनेपनि कतिपय गीत कम भिवर्स भएपनि ट्रेन्डिङमा देखिएका छन् भने भने त्यसको तुलनामा बढि भिवर्स र कमेण्ट कमाएका गीतहरु यो सुचिमा अटाउन सकेका छैनन् ।

त्यस्तै भएको छ ४ दिन अघि सार्वजनिक गीत आटो पिटो खाउँला मा पनि । ७ लाखको हाराहारीमा भिवर्स र ३५ सय भन्दा बढि सकारात्मक प्रतिकृया बटुलेको यो गीत ट्रेन्डिङमा आएको छैन जवकी यो भन्दा कम भिवर्स रहेका गीतहरु र नेपाली भिडियो ट्रेन्डिङका सुचीहरुमा देखिएका छन् ।

आटो पिठो गीत नेपाली परिवेष सुँहाउँदा मौलीक शब्द माथी बनेको गीत हो । मन मुटु गाउँघर र प्रियसी र श्रीमतीलाई छोडेर बिदेश गएको युवाहरु र यता तिनै परदेशीलाई कुरेर बस्ने युवतीका कथाहरु समाबेश यस गीतले सकारात्मक सन्देश पनि प्रवाह गरेको छ । पिज्जा बर्गर भन्दा मायालुले पोलेर र भुटेर दिएको मकैको स्वाद मिठो, आफु नहुँदा आफ्नी मायालुको यौवनमा अरुले आँखा लगाउने समाजका यथार्थ, भविश्य राम्रो होला भनि लाहुर हिड्ने मुग्लानी युवा र तिनको यादमा गाउँमा आउने बसहरुका झ्याल चिहाउने युवतीको मन, उ संग बिताएका पलहरु र रुप र जवानी माथी आँखा गाडेका बिकृत मनहरुका कारण डराएर बिताउनु परेका दिनहरु जस्ता कुरालाई समेटिएको यो गीत रोमान्टिक फ्लेवरमा रहेकाले पनि डान्सिङ बिटमा फरक मिठासका साथ आएको छ । गीतको भावले हाम्रो समाजको यथार्थ पाटो चित्रण गरेको छ तर पाजेटिभ भावमा र लयमा । यसैले पनि गीत दर्शक स्रोताले मन पराई रहेका छन् ।

गायक निशान भट्टराई र गायिका सोनिका लामाको युगल आवाजमा आटो पिठो गीत दिपक शर्माको शब्द संगीत रहेको गीत हो । नरेन्द्र वियोगीको संगीत संयोजन रहेको यस गीतमा परदेशी मायालुसंगको संवादलाई रोमान्टिक र पारिवारिक शैलीमा प्रस्तुत गरिएको छ । कथात्मक शैली र डान्सिङ बिटमा निर्माण गरिएको गीतको भिडियोमा नायक पल शाह र एलिजा गौतमको अभिनय रहेको छ ।

टेकेन्द्र शाहको निर्देशन र सम्पादन रहेको भिडियोमा गम्भिर विष्टको कोरियोग्राफी र राम कुमार केसीको छायांकन रहेको छ ।

प्रतिक्रिया

" data-width="100%" data-numposts="5">