जनकपुरमा ४ बच्चालाई एक साथ जन्मदिएकी महिलाको मृत्यु भएको छ। मंगलबार जनकपुरधाम स्थित काव्या हस्पिटलमा सल्यक्रिया पछि ४ सन्तान जन्माएकी धनुषा विदेह नगरपालिका ७ जोगियाराकी २८ वर्षीया अरमाना खातुनको बुधबार मृत्यु भएको हो ।
अस्पताल भर्ना भएको भएको झण्डै पाँच घण्टा पछि सल्यक्रिया गरेर दिउँसो १ बजे ४ बच्चा जन्माएकी खातुनको बुधकार दिउँसो निधन भएको हो । बच्चा जन्माएपछि सामान्य अवस्थामा देखिएपनि केही समयपछि उनको स्वास्थ्यमा समस्या देखियो । ८ महिना पुरा भएर जन्मिएका कम तौलका ति शिशु मध्य दुई शिशुको स्वास्थ्य अवस्था सामान्य रहेको तर दुई जनाको स्वास्थ्य अवस्था कमजोर रहेको बताईएको छ ।
शल्यक्रियाको दुई घण्टापछि फोक्सोमा पानी तथा रगतको मात्रा जमेको पाइएपछि उनलाई भेन्टिलेटरमा राखेर उपचार सुरु गरिएको थियो । तर उनको मृत्यु भएपछि उनको स्वाव संकलन गरि कोरोना परिक्षणका लागि समेत पठाईएको छ ।
प्रतिक्रिया