US Khabar

काठमाडौं उपत्यकामा ५ सहित थप ८ जनाको मृत्यु – मृतकको संख्या २४७ पुग्यो

- Admin | ३ वर्ष पहिले प्रकाशित

काठमाडौं उपत्यकामा ५ सहित थप ८ जनाको मृत्यु  – मृतकको संख्या २४७ पुग्यो

नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या २ सय ४७ पुगेको छ । काठमाडौं उपत्यकामा ५ जना सहित देशका बिभिन्न जिल्लामा थप ८ जनाको मृत्यु भएसंगै संक्रमित मृतकको संख्या २४७ पुगेको हो ।

आज मृत्यु हुनेमा उपत्यकामा ५ जना भैरहवामा दुई र वीरगञ्जमा एक जना रहेका छन् । जसमध्य काठमाडौंको महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा उपचाररत काठमाडौंकी ३० वर्षीया महिला, तनहुँका एक पुरुष रहेका छन् भने  ललितपुरको पाटन अस्पतालमा उपचाररत भक्तपुरका ४० बर्षिय पुरुष, धादिङका ४७ वर्षका अर्का पुरुष र ललितपुर सातदोबाटोकी ७० वर्षीया महिला रहेका छन् ।

त्यस्तै रुपन्देहीको भीम अस्पतालमा पनि पश्चिम नवलपारासीको रामग्राम नगरपालिका–५ परासीकी ६५ वर्षीया महिला,बुटवलको कोरोना विशेष अस्पतालमा उपचाररत कपिलवस्तुकी ६० वर्षीया महिला, वीरगञ्जको गण्डक अस्पतालमा उपचारत बाराकी ९७ वर्षका वृद्धको मृत्यु भएको छ ।

प्रतिक्रिया

" data-width="100%" data-numposts="5">