अमेरिकामा आयोजना हुँदै आएको ‘डुएल डान्स प्रतियोगिता-२०२०’ को आवेदन खुल्ला गरिएको छ । सबै उमेर समुहले भाग लिन पाउने यस प्रतियोगीतको आवेदन सेप्टेम्वर १ देखी खुल्ला गरिएको हो ।
१ महिना अर्थात आगामी सेप्टेम्बर ३० तारिक सम्म खुल्ला रहने आवेदनमा सहभागीहरुले जोडी नृत्य प्रस्तुत गर्नुृ पर्ने छ । नेपाली सिने क्षेत्रका चर्चित अभिनेत्रीद्वय सारंगा श्रेष्ठ र नन्दिता केसी निर्णाय रहने कार्यक्रममा डम्बर भट्टराई पनि निर्णायक भुमिकामा रहने छन् ।
बिनोद र कविताले संचालन गर्ने कार्यक्रमका बिजेताहरुलाई नगद र टोफि प्रदान गरिने छ । जसमा प्रथम पुरस्कार सिल्भर ट्रफी सहित २ हजार डलर द्वितिय पुरस्कार सिल्भर ट्रफी सहित १६ सय डलर र तृतिया बिजेतालाई सिल्भर ट्रफी सहित १२ सय डलर पुरस्कार प्रदान गरिने छ ।
नेपाली कला संस्कारको संबद्धन, संरक्षण र प्रवद्धन गर्ने उदेश्यले आयोजना हुँदै आएको यस प्रतियोगीताको आवेदन फर्म निशुल्क बितरण गरिने छ ।
प्रतिक्रिया