US Khabar

डालसमा भोली मोमो फेस्टिभल: राजु लामा, प्रकाश सपुत, प्रजिता बास्तोला संगै मास्टरसेफ सन्तोष शाहसंग साक्षात्कार

- USKHABAR | १ महिना पहिले प्रकाशित

डालसमा भोली मोमो फेस्टिभल: राजु लामा, प्रकाश सपुत, प्रजिता बास्तोला संगै मास्टरसेफ सन्तोष शाहसंग साक्षात्कार

अमेरिकामा नेपाली खाना अनि संस्कृती परिचित गराउन डालसमा भोली शनिबार मोमो फेस्टिभल आयोजना हुदै छ । डालस नजिकै रहेको अर्लिगटन सिटिको लिविट पेलिभियनमा कार्यक्रम फेस्टीबल आयोजना गरिएको हो । नेपालीहरुको मनपर्ने खाजाको रुपमा परिचित मोमोलाइ अमेरिकामा परिचित गराउने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको आयोजकले बताएका छन् ।

आयोजकका अनुसार फेस्टिबलमा मोमो मात्र नभएर समग्र नेपाली खानाको प्रचारको लागि कार्यक्रम आयोजना गरिएको बताइएको छ । अघिल्नो बर्ष अत्याधिक सफल भएको उक्त कार्यक्रममा अहिले फाउण्डिङ प्लाजा र ड्रिम लटको स्थानलाई पनि समेटिएको छ । फेस्टिबलमा प्रवेशका लागि टिकट लिनु पर्ने हुन्छ ।
फेस्टिबल स्थलमा सुरक्षाको लागि १० जना प्रहरी र १७ जना सुरक्षा गार्ड परिचालन गरिने छ भने दुइजना प्यारामेडिक सहित एम्बुलेन्सको समेत व्यवस्था गरिएको आयोजकले जनाएको छ । फेस्टिबलमा मास्टर सेफ सन्तोष शाहले आफ्नो खाना बनाउने कला देखाउनेछन् भने कोदोको खीर समेत त्यहाँ उपलब्ध हुनेछ । त्यस्तै गायक तथा नायक प्रकाश सपुतले साँझ साढे ६ देखि ८ बजे सम्म र गायक राजु लामाको ब्याण्डले ८ बजे देखि १० बजे सम्म सहभगिहरुलाई मनोरञ्जन गराउने छन् । साथै गायीक प्रजिता बास्तोलाको सांगितीक प्रस्तुती रहनेछ । उक्त अबसरमा मोमो खाने प्रतियोगिता, समूह नृत्यहरु, जनावर प्रदर्शन, केटाकेटीहरुको लागि उफ्रिन मिल्ने घर, पोनी राइड, बल फ्याँक्ने प्रतियोगिता र डिजेको सांगीतिक माहोल जस्ता बिबिध कार्यक्रमहरु हुनेछन ।

शनिवारको मौषम केहि प्रतिकुल अनुमान गरिए पनि कार्यक्रम तोकिएकै समयमा हुने आयोजक मध्येका एक प्रदिप गिरीले जानकारी दिएका छन् । कार्यक्रमको सम्पूर्ण तयारी सकिएको र अव दर्शकलाई स्वागत गर्न आतुर रहेको गिरीको भनाई छ । कायर्कक्रम शनिवार २ बाट सुरु हुनेछ ।

प्रतिक्रिया

" data-width="100%" data-numposts="5">