US Khabar

नेपालमा थप ११ जनाको संक्रमणबाट मृत्यु – मृतकको संख्या २३९ पुग्यो

- Admin | ३ वर्ष पहिले प्रकाशित

नेपालमा थप ११ जनाको संक्रमणबाट मृत्यु – मृतकको संख्या २३९ पुग्यो

नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २३९ पुगेको छ । पछिल्लो २४ घण्टामा थप ११ जना संक्रमितको मृत्यु भएसंगै मृतकको संख्या २ सय ३९ पुगेको हो ।

मृत्यु हुनेमा महोत्तरी,सिरहा, पर्सा ,बारा ,चितवन, काठमाडौं र मकवापनुरका बिभिन्न उमेर समुहका बालिका, महिला तथा पुरुष रहेका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज १ हजार ६९ जना कोरोना संक्रमित थपिएका छन् । जसमध्य काठमाडौं उपत्यकामा थप ४८१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमा काठमाडौंमा ३९३, ललितपुरमा ५८ र भक्तपुरमा ३० जना रहेका छन् ।

प्रतिक्रिया

" data-width="100%" data-numposts="5">