नेपाली भाषी भुटानी पत्रकार तथा समाजसेवी अर्जुन प्रधानको नेपाली मन सांगितीक कार्यक्रम संचालन गर्ने भएका छन् । पत्रकार प्रधानले प्रत्येक बुधबार र शनिवार नेपाली मन संगितीक कार्यक्रम सचालन गर्ने भएका छन् ।
प्रधानले भुटानी समाजका गतिविधिलाइ समेटेर विभिन्न मिडियामा समाचार सम्प्रेशण गर्दै आएका छन् । यस कार्यक्रममा भुटानी कलाकारहरुको कथा, ब्यथा, संगीत र सहित्यमा योगदान र सम्मानका विषयमा विशेष चर्चा गरिने बताएका छन् ।
प्रधान भुटानी समाजका एक सकृय र सञ्चार संयोजकका रुपमा नेपाली सञ्चारश्रेत्र र अन्तराष्टिय मिडियामा निरन्तर काम गर्दै आएका छन् ।
प्रधानले संचालन गर्ने नेपाली मन कार्यक्रम सामाजिक संञ्जाल युट्युब, फेसबुक, टिकटक लगायत अन्य संचार माध्यममा समेत प्रसारण हुने साथै नेपालको झापाबाट प्रसारण हुने सप्तरङगी एफ.एम. १०१.६ मेगाहर्ज मार्फत महिनाको एक साता प्रशारण हुनेछ ।
पत्रकार अर्जुन प्रधानलाई कार्यक्रम नेपाल मनका लागी धेरै धेरै शुभकामना ।
प्रतिक्रिया