US Khabar

नोभेम्वर ४ मा डालसमा काली, न्ह्यू र इन्दिराको पहिलो पटक एउटै स्टेजमा सांगितीक प्रस्तुती

- USKHABAR | २ महिना पहिले प्रकाशित

नोभेम्वर ४ मा डालसमा  काली, न्ह्यू र इन्दिराको पहिलो पटक एउटै स्टेजमा सांगितीक प्रस्तुती

अमेरिकाको टेक्सस डालसमा काली प्रसाद बास्कोटा, न्ह्यू ब्रजाचार्य र इन्दिरा जोशीले पहिलो पटक एउटै स्टेजमा सांगितीक प्रस्तुती दिने भएका छन् । दशै तिहारको अवसरमा पारेर नोभेम्वर ४ मा बिशेष सांगितिक कार्यक्रम आयोजना हुने भएको छ । चर्चित गायक काली प्रसाद बास्कोटा, न्यू बज्राचार्य र गायिका इन्दिरा जोशीको पहिलो पटक एउटै स्टेजमा सांगितीक प्रस्तुती रहने भएको छ । युएस टुरमा रहेका गायक काली प्रसाद बास्कोटा र गायिका इन्दिरा जोशीले डालस लगायत अमेरिकाका बिभिन्न राज्यका शहरहरुमा प्रस्तुती दिइरहेका छन् । गायक काली प्रसाद बास्कोटा, न्यू बज्राचार्य र गायिका इन्दिरा जोशी टिमलाई नेपाल आइडल देखी नै निकै लोकप्रिय जोडीका रुपमा सांगितिक क्षेत्रमा हेर्ने गरिन्छ ।

लाखे प्रोडक्सनको प्रस्तुतिमा सो कार्यक्रम आयोजना हुन लागेको हो । कार्यक्रम टेक्ससको फोर्टवर्थमा रहेको नकआउट स्पोर्ट बारमा आयोजना गरिएको छ । कार्यक्रमको भीआईपी र सामान्यको अर्लिबड टिकट बिक्री भईसकेको र सामान्य टिकट ५० डलरमा बिक्री भईरहेको आयोजक मध्येका एक अन्जन श्रेष्ठले जानकारी दिएका छन् । कार्यक्रमको डोर ओपन साँझ ६ः३० बजे गरिनेछ भने मध्यरात सम्म सांगितिक कार्यक्रम रहने बताईएको छ । कार्यक्रमको अन्त्यमा डालसको लोकप्रिय ब्याण्ड म्याड हनिको प्रस्तुती समेत रहने छ ।

कार्यक्रमको टिकट हाल अनलाइनमा इभेन्ट बाइटमा र फिजिकल नांग्लो रेस्टुरेन्ट अर्भिंग, गोर्खा बार युलेस र बारा रेस्टुरेन्ट युलेसमा राखिएको छ ।

कार्यक्रमको टिकटका लागी यहाँ क्लिक गर्नुहोला ।

Nanglo Restaurant, 4070 N Beltline Rd. Ste 138, Irving.
Gurkha Bar & Grill, 1060 N Main St #118 , Euless.
Bara Restaurant, 1201 West Airport Freeway Suit#115, Euless.

प्रतिक्रिया

" data-width="100%" data-numposts="5">