बिभिन्न जिल्लाबाट केन्द्रीय कारागारमा ल्याइएका ४ जना कैदीबन्दीको मृत्यु भएको छ। कञ्चनपुरबाट उपचारका लागि ल्याईएका एक कैदीको मृत्युको कारण कोरोना रहेको पुष्टी भएको छ ।
कोरोना संक्रमणबाट मृत्यु भएका ति कैदी ४० वर्षीय पुरुष रहेका छन् । क्षयरोगबाट समेत पीडित उनको कोरोना पुष्टी भएपनि अन्य ३ मृतक कैदीको रिपोर्ट आउन बाँकी रहेको कारागार व्यवस्थापन विभागका सूचना अधिकारी देवर्षि सापकोटाले बताएका छन् ।
बिरामी परेर केन्द्रीय कारागार ल्याउनु परेका उनिहरुको मेघा अस्पताल र वीर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो। मृत्यु भएका अन्य ३ जना कैदीहरुमा पाल्पाका ५८ वर्षीय बझाङका ६० वर्षीय र सिराहका ६४ वर्षीय पुरुष रहेका छन् ।
प्रतिक्रिया