नेपाल राष्ट्र बैंकले मंगलबार चालु आर्थिक वर्षको दुई महिनाको तथ्याङ्कमा आधारित रिपोर्ट सार्वजनिक गरेको छ । बैंकले दुई महिनाको तथ्याङ्कमा आधारित देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति सार्वजनिक गरेको हो ।
यसैगरी कुल विदेशी विनिमय सञ्चिति रु.१,५९८ अर्ब ९० करोड र अमेरिकी डलरमा १२ अर्ब १ करोड रहेको छ भने नेपाल सरकारको खर्च रु.१३१ अर्ब १४ करोड र राजस्व परिचालन रु.१४१ अर्ब ८ करोड रहेको छ ।
यस्तै विस्तृत मुद्राप्रदाय ०.५ प्रतिशतले घटेको छ भने वार्षिक बिन्दुगत आधारमा यस्तो मुद्राप्रदाय १२.० प्रतिशतले बढेको राष्ट्र बैंकको रिपोर्टमा उल्लेख छ ।
प्रतिक्रिया