गायक निशान भट्टराई र गायिका सोनिका लामाको युगल आवाजमा नयाँ गीत सार्वजनिक भएको छ । दिपक शर्माको शब्द संगीत रहेको आटो पिठो खाउँला बोलको गीत भिडियो सहित सार्वजनिक भएको हो ।
नरेन्द्र वियोगीको संगीत संयोजन रहेको यस गीतमा परदेशी मायालुसंगको संवादलाई रोमान्टिक र पारिवारिक शैलीमा प्रस्तुत गरिएको छ । कथात्मक शैली र डान्सिङ बिटमा निर्माण गरिएको गीतको भिडियोमा नायक पल शाह र एलिजा गौतमको अभिनय रहेको छ । चलचित्र अनुरागमा नायिकाको भुमिकामा आएकी पत्रकार ऋषि धमला पत्नी एलिजा पछिल्लो समय म्युजिक भिडियोमा ब्यस्त रहँदै आएकी मोडल हुन् ।
टेकेन्द्र शाहको निर्देशन र सम्पादन रहेको भिडियोमा गम्भिर विष्टको कोरियोग्राफी र राम कुमार केसीको छायांकन रहेको छ ।
प्रतिक्रिया