US Khabar

उत्तराखण्ड र नेपाललाई जोड्ने एक कलाकार जसको ‘ओए काजल’ सर्वत्र चर्चामा छ…

- Admin | ३ वर्ष पहिले प्रकाशित

उत्तराखण्ड र नेपाललाई जोड्ने एक कलाकार जसको ‘ओए काजल’ सर्वत्र चर्चामा छ…

पछिल्लो समय सुदुर र मध्य पश्चिमका मौलिक भाषामाथीका गीतहरु स्रोताको रोजाईमा रहेका छन् । यस भाषामाथी निरन्तर काम गरिरहने एक संगीत तथा कलाकर्मी हुन् चक्र बम । अन्य गीतहरु भन्दा चक्रका गीतहरुमा यस कारण पनि फरक मिठास पाईन्छ कि उनका गीतमा भारत उत्तराखण्डमा गाईने गडवाली गीतको रंग भेटिने गर्छ । सुदुर र मध्य पश्चिममा बोलिने भाषा र गडवाली भाषा समेतमा धेरै समानता भएकाले चक्र बमको यो फ्युजनले नेपाली संगीतमा नयाँ मिठास थपेको छ । यो क्षेत्रका कलाकारले थुप्रै नेपाली गीतहरु पनि गायका छन् । किनकी नेपाल राज्य बिस्तारका समय हाम्रा नेपालीहरु समेत यो क्षेत्रमा रहेका छन् ।

लामो समयदेखी शब्द, संगीत स्वर र अभिनय गरिरहेका चक्र बमले यो भाषा र लयलाई नेपाली संगीत क्षेत्रमा प्रयोग गरिरहनुले उताको गीत र लयको कपी नभई आफ्नो पन जो हाम्रो नेपाल र नेपालीहरुसंग सदियौंको सम्बन्ध रहेको छ त्यसलाई जोड्ने सेतुका रुपमा देखिएको छ । अझ सुदुर र मध्य पश्चिम त उत्तराखण्डसंग अझ बढि निकट रहेको क्षेत्र हो । जसरी उताका कलाकारले समेत नेपाली भाषामा गीत गाएका र नेपाली दौरा सुरुवाल र ढाकाटोपीमा अभिनय गरेका भिडियो युटुवहरुमा रहेका छन् ।
दारु सड्काउने, जाँडको झोलमा, नाच मेरी झुमा, बम्बै गैजाने, चोखा लागन्ना, चौवन्नी छैली लगायतका सयौं गीतहरुमा शब्द , संगीत आवाज र अभिनय गरेका चक्र बमले १ महिना अघि ओए काजल बोलको गीत सार्वजनिक गरे । यो गीत पनि उनको गडवाली रंग बोकेको गीत हो । जसमा गीता ढुंगाना र चक्र स्वयंको अभिनय रहको छ । गीत सार्वजनिक भएको २ दिन मै लाखौं स्रोता दर्शकले टिकटक बनाएपछि यो गीत अत्याधिक चर्चामा आयो । अहिले सम्म १ करोड ५० लाख दर्शकले हेरिसकेको यस गीतमा ७ हजारको हाराहारीमा सकारात्मक प्रतिकृया आएका छन् भने दिनहुँ नयाँ नयाँ कलाकारका अभिनयमा सयौं टिकटक बनिरहेका छन् । टिकटकलाई नै टार्गेट गरेर बनाईएको यो गीतले नभन्दै सोचे भन्दा पनि राम्रो सफलता हात पार्यो । यो सफलता चक्र बमले बर्षौं देखि धैर्यताका साथ दिंदै आएको कलाकारिताको नतिजा पनि हो ।

एक अन्तरवार्तामा उनले भनेका भन् मलाई पप गीत पनि मन पर्छ तर मेरो आवाजको टोन पप गीतका लागि होईन जस्तो लाग्छ । यो उनको जवाफले उनि भित्रको संगीत संस्कारको परिचय दिएको छ, चर्चामा हुनासाथ सबै बिधाका गीत गाउन सक्छु भनेर तम्सने भिड पनि ठुलै छ तर उनले यो लहडीपन भन्दा आफ्नै मिठासलाई पृथक शैलीमा प्रस्तुत गरिरहेका छन् । आफ्ना गीतमा नयाँ कलाकारलाई समेत स्थान दिदैं आएका उनको ओई काजल गीतमा अभिनय गरेकी गीता पनि टिकटकबाट अभिनय यात्रा सुरु गर्दै गरेकी कलाकार हुन् । यस अघिका उनका धेरै गीतमा चर्चा बाहिरका कलाकार रहेका छन् जो उनका गीतहरुको सहकार्यबाट प्रसंसा बटुलेका समेत देखिन्छन् भने चर्चित कलाकारका साथमा रहेका उनका गीतहरु सुनमा सुगन्ध शैलीमा अघि बढिरहेका छन् ।

 

प्रतिक्रिया

" data-width="100%" data-numposts="5">